Home Featured 2 अपराधका अनौठा घटनाः अनुसन्धान अब्बलताले कानूनी कठघरा उभ्याउन मिलेको सफलता

अपराधका अनौठा घटनाः अनुसन्धान अब्बलताले कानूनी कठघरा उभ्याउन मिलेको सफलता

प्रहरी नायव उपरीक्षक रिजाल

झापा १९ कात्तिक । महानगरीय अपराध महाशाखा काठमाडौंबाट दश महिनाअघि इलाका प्रहरी कार्यालय अनारमनीमा प्रहरी नायव उपरीक्षकको दरबन्दी सम्हाल्न आएका मुकुन्द रिजाल अनुसन्धानमा अब्बल रहे ।
महानगरीय अपराध महाशाखामा लामो समय काम गरेका उनी झापा सरुवा भएर आए लगत्तै बिर्तामोड र कनकाई नगरपालिकामा जधन्य अपराधका घटना घटे । अनारमनीको दरबन्दी सम्हाल्न उनी आएको केही दिनमै झापाको बिर्तामोड नगरपालिका–२ चारपाने नजिकै संवेदनशील अंग (गुप्ताङ्ग) काटेर हत्या गरी जलाइएको अबस्थामा भारतीय नागरिक सुवान शेखको शव फेला प¥यो ।
नेपालमा रहेर लामो समयदेखि निर्माण क्षेत्रमा श्रमिकको काम गर्दै आएका उनलाई मादक पदार्थ सेवन गरेका आफ्नै साथीले सामान्य विवादमा हत्या गर्दै परालको कुन्युमा जलाएका थिए । हत्या गरिएका शेखको संवेदनशील अंग (गुप्ताङ्ग) काटेर एकातिर फालिएको थियो भने शव अर्काेतिर जलेर क्षतविच्छ्यत थियो । शवको पहिचान खुल्ने कुनै आधार नै थिए । तर, प्रहरी नायव उपरीक्षक रिजालको कमाण्डमा खटिएको प्रहरीे टोलीले घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न सक्षम भयो । शेखको हत्यामा सम्लग्न चारपाने निवासी दुई युवा तत्काल पक्राउ परे ।
पक्राउ पर्नेमा २० वर्षीय करण चौधरी र लक्ष्मण यादव छन् । त्यस्तै गत २८ असोजमा कनकाई नगरपालिका–३ निवासी २२ वर्षीय अभिषेक चौधरीको हत्या भयो । लागू पदार्थ सेवनको विषयमा कनकाई नगरपालिका– ७ का नगरपालिका–७ का २२ वर्षीय टुल्के भनिने रवीन राजवंशीले बञ्चरो प्रहार गर्दै चौधरीको हत्या गरेर बाँस झ्याङ्मा शव फालेका थिए । तर, घटना घटेको–८ घण्टा पनि बित्न नपाउँदै उनै प्रहरी नायव उपरीक्षक रिजालको कमाण्डमा खटिएको प्रहरीे टोलीले घटनामा सम्लग्नलाई पक्राउ गर्दै कानूनी कारवाही कठघरामा उभ्यायो ।
पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा बढ्दो जनघनत्व, पूर्वी नाका काँकरभिट्टा हुँदै भारतीय बजारसंग जोडिएको व्यापारिक सम्बन्ध, अव्यवस्थित बसोबास भएका कारण जिल्लाका अन्य ठाउँमा भन्दा बिर्तामोड र आसपासका क्षेत्रमा आपराधिक गतिविधि समेत अधिक हुने गरेको छ ।
माथिका दुई वटा घटना प्रतिनिधि मात्रै हुन् । लागूऔषधको अबैध कारोवार, होटलमा हुने यौनजन्य गतिविधि, अबैध चोरी तस्करी, मानव अपहरण तथा शरीर बन्धक, हत्या र बलात्कार जस्ता जघन्य अपराधकै कारण इलाका प्रहरी कार्यालय अनारमनीमा आउने प्रहरी प्रमुखलाई शान्ति सुरक्षा कायम राख्न हम्मे–हम्मे पर्ने गरेको थियो । तर, प्रहरी उपरीक्षक रिजालले इलाका प्रहरी कार्यालय अनारमनीको जिम्मेवारी सम्हालेपछि त्यस्ता जघन्य अपराधका घटनामा कमी आउनुका साथै आपराधिक गतिविधिमा संलग्नलाई कारवाहीको दायरामा उभ्याइन थालेको छ । प्रमाणमुखी अनुसन्धानमा विश्वास राख्ने रिजालले प्रहरी सेवाका दौरानले लिएको तालिम र महानगरीय अपराध महाशाखा काठमाडौ बस्दा आर्जन गरेका ज्ञानका कारण जस्तोसुकै घटनालाई पनि सूक्ष्म अध्ययन गर्दै सही नतिजा निकाल्न निपूर्ण देखिएका छन् ।


प्रहरी नायव उपरीक्षक रिजाल बिर्तामोड आएसँगै लागूऔषधको अबैध कारोवार, होटलमा हुने यौनजन्य गतिविधि, अबैध चोरी तस्करी, मानव अपहरण तथा शरीर बन्धक, बलात्कार जस्ता जघन्य अपराधका घटनालाई प्रायः शून्यमा झरेका छन् । प्रहरी संगठनभित्र भएको श्रोत परिचालन गर्दै लागूऔषधको अबैध कारोवारमा सम्लग्नलाई धमाधम पक्राउ, होटलमा हुने यौनजन्य गतिविधिलाई निस्तेज, अबैध चोरी तस्करीको बाटो नै बन्द गरेपछि आपराधिक गतिविधिमा समेत कमी आएको हो । २०६२ सालबाट प्रहरी निरीक्षकका रुपमा नेपाल प्रहरीमा प्रवेश गरेका रिजालले आफूमा भएको दक्षतालाई प्रस्तुत गर्दै दुई/दुईपटक शान्ति सेनामा गएर ‘एफपीयू’ र ‘युएनपीओएल’ मिसनमा सहभागी हुँदै द्वन्द्वरत् मुलुकमा शान्ति स्थापनाका लागि नेपाल प्रहरीका तर्फबाट सुडान र दक्षिणी सुडानमा काम गरिसकेका छन् ।
प्रहरी निरीक्षक हुँदै चुनौति बोकेर सुडान पुगेका उनी विभिन्न देशका प्रहरीसंग बसेरसँगै काम गर्दा आर्जेको ज्ञानलाई अहिले नेपालमा सदुपयोग गर्दैछन् । सरल स्वभावका उनी बाँकेका स्थायी बासिन्दा हुन् । तर, आफूलाई ‘मिनी रोल्पा’ (बर्दियाको टापु– कर्णाली र भेरीले घेरेको भू–भाग) को बासिन्दा बताउने उनी सानैदेखि जंगी पेशा प्रति रुची राख्दथे । अध्ययनकै सिलसिलामा २०६१ सालमा प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका रिजालले लिखित्मा नाम निकाल्न सफल भए पनि मौखिकमा असफल भएका थिए । असफलतालाई सफलताको कसी बनाउनु पर्छ भन्ने कुरालाई ह्ृदयंगम गर्दै आफूमा भएको कमजोरीलाई सुधार्दै पुनः दोस्रोपटक प्रहरी निरीक्षक पदमा प्रतिस्पर्धा गरे । प्रहरी निरीक्षकमा दोस्रोपटक प्रतिस्पर्धा गर्नै कमैलाई मात्र सौभाग्य मिल्छ । त्यो सौभाग्य रिजाललाई पनि मिल्यो ।
जसका कारण उनी पुनः २०६२ सालमा सोही पदमा प्रतिस्पर्धा गर्दै नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नाम निकाल्न सफल भए । प्रहरी निरीक्षक भएपछि पहिलोपटक बर्दियाको इलाका प्रहरी कार्यालय राजापुरको जिम्मेवारी सम्हालेका उनी अनुसन्धानमा कुनै दिन चुकेनन् । १६ महिनासम्म बर्दिया बसेर काम गरेका उनी त्यसपछि जाजरकोट, बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानमा रहेर काम गर्न भ्याए । २०७४ सालमा प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएका उनी त्यस लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा समेत रहेर काम गरे ।
हेटौडासहित महानगरीय अपराध महाशाखा काठमाडौंमा समेत काम गरेका उनी अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत् रहेका छन् । झग्गुप्रसाद रिजाल र शोभा रिजालका कान्छा छोरा हुन् ।
आमाबुबाले रिजाललाई निजामति सेवातर्फ प्रवेश गराउन चाहे पनि सानै देखिको आफूमा भएको रुचीका कारण उनी प्रहरी सेवामा प्रवेश गरेका हुन् । दाङमा जन्मिएका रिजालले बर्दियालाई कर्मथलो बनाए पनि उनको परिवार भने अहिले बाँकेमा रहेको छ । नेपाल प्रहरीमा समेत अब्बल ठहरिएका डीएसपी रिजाल अनुसन्धानको क्षेत्रमा सँधै अगाडि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 अपराधका अनौठा घटनाः अनुसन्धान अब्बलताले कानूनी कठघरा उभ्याउन मिलेको सफलता

Most Popular

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

Recent Comments