Home समाचार सदस्यको समस्यामा मल्हम लगाउँदै सिम्रिक सहकारी

सदस्यको समस्यामा मल्हम लगाउँदै सिम्रिक सहकारी

विर्तामोड १७ कात्तिक । समस्यामा परेका बेला सहकारी संस्थाले आफ्ना सदस्यहरुप्रति अभिभावकीय भूमिका निर्वाह गरेसंगै सहकारीप्रतिको आकर्षण बढ्दो छ । सहकारी संस्थाहरुले पनि आफ्ना सदस्यहरुलाई सामाजिक उत्तरदायित्व बहन गर्ने शिलशिलामा सदस्यको समस्यामा प्रत्यक्ष मल्हमपट्टी गर्ने कुरालाई प्राथमिकतामा राखेसंगै सर्वसाधारणको सहकारीप्रतिको आकर्षण बढेको हो । झापाका विभिन्न सहकारीले जन्मदेखि मृत्यु पर्यन्त भरथेग गर्ने गरेका छन् ।
सोही अनुसार झापाको उत्कृष्ट १० को सूचिमा रहेको विर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले चालू कात्तिक महिनामा दशैं अघि र पछि हालसम्म तीन लाख २६ हजार ८३१ रुपैयाँ सामाजिक सुरक्षा खर्च प्रदान गरेको छ ।
कात्तिक १७ गते सोमबारमात्र विर्तामोड सेवा केन्द्रका सदस्यहरुलाई ७५ हजार रुपैयाँभन्दा बढी रकम प्रदान गरेको विर्तामोड सेवा केन्द्र प्रमुख रमेश अधिकारीले जानकारी दिनुभयो । संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतसहितको टोलीले सेयर सदस्यहरु रसम राजवंशीलाई २२ हजार रुपैयाँ र मञ्जु तामाङलाई १३ हजार ९७८ रुपैयाँ उपचार खर्च प्रदान गरेका हुन् ।
यसैगरी, सदस्य उपचार राहत वापत एलिशा गौतमलाई १३ हजार ५०० रुपैयाँ, पुष्पा खनाललाई १३ हजार ३५० रुपैयाँ र अञ्जु भण्डारीलाई १२ हजार ६०० रुपैयाँ घर–घरमै गएर नगदै हस्तान्तरण गरिएको हो ।
त्यस्तै संस्थाको दानाबारी सेवा केन्द्रका क्यासियर भूमिका ढकाल अधिकारीको सासू आमाको निधनमा शोक व्यक्त गर्दै संस्थाले किरिया खर्चवापत ३० हजार रुपैयाँ प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेतसहित सञ्चालक तथा कर्मचारीहरु कात्तिक १६ गते बाह्रदशी गाउँपालिका राजगढमा रहेको अधिकारी निवासमा पुगेर समवेदना पत्रसहित काजकिरिया खर्च हस्तान्तरण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सदस्यको समस्यामा मल्हम लगाउँदै सिम्रिक सहकारी

Most Popular

Recent Comments