Home Featured 2 पाँच सदस्यीय सल्लाहकार समिति चयन

पाँच सदस्यीय सल्लाहकार समिति चयन

झापा १६ कात्तिक । झापाली महिला पत्रकारहरुको छाता संगठन नारी सञ्चार गृह झापाको असोज २७ गते सम्पन्न तेस्रो अघिवेशन पछिको पहिलो बैठक विभिन्न निणर्यहरु गर्दै सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षता तथा निवर्तमान अध्यक्ष अम्बिका भण्डारीको विशेष उपस्थितिमा सम्पन्न बैठकले निवर्तमान अध्यक्ष भण्डारी, संस्थापक अध्यक्ष सावित्रा दाहाल, इन्दु पूर्वेली, लीला अनमोल र नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष तारामणि सापकोटासहित ५ सदस्यीय सल्लाहकार समितिमा चयन गरेको छ । बैठकले पत्रकार महासंघलाई पदेन सल्लाहकारका रुपमा लिएको छ ।
त्यसैगरी आगामी दुईवर्षे कार्यकालमा सदस्यहरुको क्षमता अभिबृद्धिका लागि गरिने कार्ययोजनाबारे छलफल गर्नुका साथै बहुउद्देश्यीय लक्ष्य राखेर संस्थाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष बृद्धिका विषयमा केही महत्वपूर्ण निर्णय समेत गरेको छ ।
साथै संस्थाले विगतका वर्षहरुमा अक्षयकोष बृद्धिको लक्ष्य राखेर खेलिएको सामुहिक देउसीलाई निरन्तरता स्वरुप कोरोना महामारीलाई मध्यनजर राख्दै छुट्टै तरिकाले खेल्ने निर्णय गरेको छ ।
त्यसैगरी अधिवेशन सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने निर्वाचन समिति, नेपाल पत्रकार महासंघ झापा तथा प्रदेशसमितिका पदाधिकारी सदस्यहरुलाई विशेष धन्यवाद ज्ञापन गर्नुका साथै निवर्तमान अध्यक्षका जेठाजु र सचिव भूमिका सुब्बाको हजुरआमाको निधनप्रति शोक प्रस्ताव पारित गरेको सचिव सुब्बाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 पाँच सदस्यीय सल्लाहकार समिति चयन

Most Popular

Recent Comments