Home समाचार झापामा ७६सहित देशभर २ हजार ८२४ संक्रमित थपिए

झापामा ७६सहित देशभर २ हजार ८२४ संक्रमित थपिए

झापा १६ कात्तिक । पछिल्लो समय झापामा पनि कोरोना संक्रमण जोखिम बढ्दै गएको छ । संक्रमितको संख्या बढ्दै गएसँगै कोरोना जोखिम बढेको हो ।
गएको २४ घण्टामा झापाका ७६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
१० वटा स्थानीय तहका ७६ जनामा कोरोना संक्रमण देखिंदा दमक नगरपालिकामा सबैभन्दा बढी ४५ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
त्यसैगरी कमल गाउँपालिकाका–११, मेचीनगरका ६, विर्तामोडका ५, गौरादहका ३, शिवसताक्षीका २ तथा कनकाई, बुद्धशान्ति, अर्जुनधारा र बाह्रदशीका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
देशभरमा यो अवधीमा देशभरमा २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३ हजार ६२० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार झापामा ७६सहित देशभर २ हजार ८२४ संक्रमित थपिए

Most Popular

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

Recent Comments