Home कोरोना संक्रमणपछि झापामा ५ को निधन, देशभर २३ जनाले ज्यान गुमाए

कोरोना संक्रमणपछि झापामा ५ को निधन, देशभर २३ जनाले ज्यान गुमाए

झापा । कोरोना संक्रमण पुष्टि भएर पछिल्लो २४ घण्टामा झापाका ५ जनाको निधन भएको छ ।
कोरोना संक्रमण पछि मृत्यु हुनेमा ४ वटा स्थानीय तहका ५ जनाको मृत्यु भएको हो । कोरोना पुष्टि भएर ज्यान गुमाउनेमा दमक नगरपालिका वडा नं. २ र ७ का ६७ र ४९ वर्षिय दुईजना पुरुष, शिवसताक्षी–२ का ३८ वर्षे पुरुष, गौरादहका ७४ वर्षिय पुरुष र कमल गाउँपालिकाका ७२ वर्षिय एक पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चांैलागाँईले जानकारी दिनुभयो ।
योसंगै झापामा हालसम्म कोरोना संक्रमण पुष्टिपछि ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधीमा कोरोना संक्रमणबाट देशभरमा २३ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस सूचनामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कोरोना संक्रमणपछि झापामा ५ को निधन, देशभर २३ जनाले ज्यान गुमाए

Most Popular

Recent Comments