Home समाचार कोरोना संक्रमण पछि झापामा ३ को मृत्यु, ३१ मा संक्रमित थपिए

कोरोना संक्रमण पछि झापामा ३ को मृत्यु, ३१ मा संक्रमित थपिए

झापा । कोरोना संक्रमण पुष्टि भएर पछिल्लो २४ घण्टामा झापाका तीनजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा विर्तामोड नगरपालिकाका २ र गौरीगञ्ज गाउँपालिकाका–१ जना रहेका छन् ।
विर्तामोड नगरपालिका वडा नं.–५ का ६५ वर्षिय र वडा नं.–७ का ६९ वर्षिय २ पुरुषको कोरोना संक्रमण पोजेटिभ देखिएर मृत्यु भएको छ भने गौरीगञ्ज गाउँपालिकाका वडा नं.–६ का ७३ वर्षिय एक पुरुषको कोरोना संक्रमण पुष्टिपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाईले जनाउनु भएको छ ।
सो अवधीमा झापामा ३१ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । जसमा १४ महिला र १७ जना पुरुष रहेका छन् ।
तीमध्ये सबै भन्दा बढी कन्काई नगरपालिकाका –८, विर्तामोड र दमक नगरपालिकाका–६/६ जना, मेचीनगर–४, भद्रपुर–३, बुद्धशान्ति गाउँपालिका–२, शिवसताक्षी नगरपालिका र हल्दिबारी गाउँपालिकाका–१/१ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन चौलागाँईले जनाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कोरोना संक्रमण पछि झापामा ३ को मृत्यु, ३१ मा संक्रमित थपिए

Most Popular

Recent Comments