Home समाचार समाचार पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई कोरोना

पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई कोरोना

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई प्रयोगशाला कोटीहोममा विहीबार पीसीआरका लागि स्वाव दिएका सापकोटाको रिपोर्ट आज पोजेटिभ आएको हो ।
केही दिनयता ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने लगायतका लक्षण देखिएपछि सापकोटाले पीसीआर परीक्षणका लागि स्वाब दिनुभएको बताइएको छ ।
शिवसताक्षी स्थिित घरमा होम आइसोलेसनमा रहनु भएका सापकोटाको अवस्था सामान्य रहेको छ ।
हालसम्म प्रदेश नं.–१ मा ७० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघ प्रदेश नं.–१ का अध्यक्ष विक्रम लुर्इँटेलले जनाउनु भएको छ । ती मध्ये सबैभन्दा बढी मोरङका पत्रकारमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई कोरोना

Most Popular

Recent Comments