Home Featured 2 महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो वर्ष शक्तिपीठहरुमा भक्तजनको उपस्थिति न्यून छ भने घरघरमा विशेष महत्वका साथ दशैं पर्वको पूजा आरधना भइरहेको छ ।
महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैंघर, कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवी भागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।
पशुबलि नदिनेहरुले पनि आ–आफ्नो कूल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने चलन छ ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले राक्षसको बध गरेको दिनको रुपमा महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।
प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने गरेकामा यो वर्ष कोरोना भाइरस संक्रमणका कारण नदिइने निर्णय सरोकार भएका निकायको बैठकले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

Most Popular

हिन्दुराष्ट्रका पक्षमा राप्रपा झापाको ऐक्यबद्धता : झापामा बृहत र्याली

झापा १२ मंसीर । राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा स्वस्फूर्त रूपमा देशभर भइरहेको र्यालीप्रति ऐक्यबद्धता जनाउदै राप्रपा झापाले पनि वृहत मोटर साईकल...

मञ्जुको उपचारमा २ लाख २० हजारबढी सहयोग

भद्रपुर ११ मंसीर । दुवै मिर्गौला खराब भएकी झापा भद्रपुर नगरपालिका वडा नं–७ की मञ्जु ठकुरीलाई आज उहाँकै निवास पुगेर उपचार...

कारवाहीको माग गर्दै बुहारी आवाजद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

झापा ११ मंसीर । महोत्तरीमा बलात्कारपछि हत्या गरिएकि बालिका गुलाब खातुनका हत्यारालाई कडा कानुनी कारबाहीको माग गर्दै मेचीमहाकाली संयुक्त बुहारी आवाजले...

हाजिरीजवाफ प्रतियोगितामा बीरेन्द्र मावि प्रथम

भद्रपुर १० मंसीर । झापाको भद्रपुर जेसीजले जेसीज सप्ताह २०२० को ५ औं कार्यक्रम अन्र्तगत भद्रपुर नगरपालिका मावि स्तरीय अन्तर मावि...

Recent Comments