Home समाचार कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो ।
मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीका अनुसार अविश्वासको प्रस्तावको पक्षमा शून्य मत परेको थियो । प्रस्ताव दर्ता गराउने सांसद भने बैठकमा उपस्थित हुनु भएका थिएनन् ।
गत असोज २५ गते नेकपाकै नेता यामलाल कँडेलसहित १८ जना प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर पछि नौ जनाले अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका पूर्वमाओवादी पक्षका सांसदहरु धर्मराज रेग्मी र पुष्पा घर्ती भने आजको बैठकमा सहभागी थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

Most Popular

Recent Comments