Home साहित्य पीडामा हाँसेको जीवन

पीडामा हाँसेको जीवन

लिला बल्लभ नेपाल

थोरै दुःख विना कहाँ जीवन जिबन्त छ र,
थोरै पीडा बिना कहाँ खुसी हाँस्न सक्छ र,
यहाँ सुख खोज्नेहरु पीडा किन्छन् पैसामा,
दुःख बेच्नेहरु मरिरहेछन् अधुरो बैंशमा ।


त्यसैले त मलाई थोरै खुसी धेरै पीडा चाहिएको छ,
पीडा पचाउनेहरुको पो खुसी रमाएको छ,
म त दुःख बेचेर खुसी किनिरहेको मान्छे,
संसारमा खुसी सँग आत्मसम्मान जगाइरहेको मान्छे ।
जति म रमाउँछु जीवनमा त्यती रुन सकिन कहिल्यै,
पीडाबाट भाग्न खोज्दा हाँस्न सकिन कहिल्यै,
जो अघाउँजी रोएर प्रेमको गहिराईमा मस्त छ,
यमराज उसकै अघि झुकेको भान भईरहेछ ।
रोदन भित्र हराईरहेको म खुसी खोज्न कहि जानु परेन,
पीडा भित्र लुकेको खुशी कहिल्यै बेच्नु परेर,
आज सारा मान्छेहरुले रुन बिर्षिसके सायद,
रोदन भित्र लुकेको खुसी पो खुसी

बिराटनगर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

साहित्य पीडामा हाँसेको जीवन

Most Popular

Recent Comments