Home समाचार प्याब्सन एन प्याब्सन बिरूद्ध इस्टुको श्रम कार्यालयमा उजुरी

प्याब्सन एन प्याब्सन बिरूद्ध इस्टुको श्रम कार्यालयमा उजुरी

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा जिल्ला कार्य समितिले प्याब्सन, एन प्याब्सन सहित झापाका निजी विद्यालय सञ्चालक बिरूद्ध श्रम तथा रोजगार कार्यालय भद्रपुरमा उजुरी दर्ता गरेको छ ।
प्याब्सन, एन प्याब्सनको आडमा विद्यालय सञ्चालकहरूले श्रम ऐन तथा नियमावली विपरित शिक्षक कर्मचारीलाई पारिश्रमिक दिन अस्विकार गरेपछि इस्टु झापाले कारवाहीको माग राख्दै श्रम तथा रोजगार कार्यालय भद्रपुरमा उजुरी दर्ता गरेको हो ।
उजुरी समितिका संयोजक राजु बरालको नेतृत्वमा गएको शिक्षक कर्मचारीको टोलीले श्रम तथा रोजगार कार्यालय झापाका प्रमुख दुर्गाप्रसाद आचार्यलाई उजुरी पत्र बुझाएको थियो ।
उजुरी पत्र बुझ्दै प्रमुख आचार्यले प्रचलित ऐन कानुन विपरित जाने जुनसुकै निकाय कानुनी दायरामा आउने प्रष्ट पार्दै झापाका निजी विद्यालय तथा तिनका छाता संगठनलाई तत्काल ऐन नियमको परिधिमा ल्याउने प्रष्ट पारेका छन् ।
संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूका माग बिरूद्ध रहेका झापाका अधिकांस विद्यालय सञ्चालकहरूले ६ महिनायता तलव दिन आनकान गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार प्याब्सन एन प्याब्सन बिरूद्ध इस्टुको श्रम कार्यालयमा उजुरी

Most Popular

Recent Comments