Home समाचार ५७४३ जना संक्रमित थमिए, २९९६ डिस्चार्ज २६ को मृत्यु

५७४३ जना संक्रमित थमिए, २९९६ डिस्चार्ज २६ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५७४३ जना संक्रमित थमिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा २०११८ जनाको पीसीआर परीक्षण गर्दा ५७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
कुल संक्रमितमध्ये काठमाडौंमा २३९१, भक्तपुरमा १७३ ललितपुरमा ५४३ जनासहित उपत्यकाभित्र मात्रै ३१०७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २९९६ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६९.४ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ९९६०५ रहेको छ ।
सोही अवधीमा अहिलेसम्मकै सबैभन्दा बढी २६ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार ५७४३ जना संक्रमित थमिए, २९९६ डिस्चार्ज २६ को मृत्यु

Most Popular

Recent Comments