Home समाचार सहाराद्वारा परिवार राहत वितरण

सहाराद्वारा परिवार राहत वितरण

लक्ष्मीपुर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले २ जना ७५ बर्ष माथिका जेष्ठ सदस्यलाई परिवार राहत वितरण गरेको छ ।
सेवा केन्द्रले मंगलवार कार्यालयमा संस्थाका सदस्य लेखनाथ दाहाल र मेघराज चौहानलाई जनही एकलाख रुपैयाँसहित सम्मान गरेको हो ।
सेवाकेन्द्र सहयोग समिति संयोजक केदार शम्शेर गिरीको अध्यक्षता तथा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकमार पोखरेलको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरेलले एकलाख रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै मेयर पोखरेलले सहारा नेपालको सामाजिक कार्यले समाज रुपान्तरणमा सहयोग मिल्ने बताए । उनले सहाराले स्थानीय सरकारको समन्वयमा गरेको सामाजिक कार्यमा जनप्रतिनिधिहरुको साथ र सहयोग सधैं मिल्ने बताए । सहाराको सामाजिक कार्यले जनप्रतिनिधिलाई पनि प्रेरणा मिल्ने उनको भनाई थियो । सोहि कार्यक्रमका वीच प्रमुख अतिथि मेयर पोखरेलले मंगलवारको संस्थाको कारोवारको उद्घाटन समेत गरेका थिए ।
कार्यक्रममा स्वागत तथा कार्यक्रममाथि प्रकाश लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारती पारेका थिए । कार्यक्रममा संस्थाका उपनिर्देशक लक्ष्मण खतिवडाले सदस्यहरुले कारोवारको पहिलो रोजाईको संस्था सहारालाई बनाउनु पर्नेमा जोड दिए । संस्थाले अहिले ७५ वर्ष नाघेका १२ जना सदस्यहरुलाई वार्षिक एकलाख रुपैयाँ दिदै आएको जानकारी दिए । ‘परिवार राहत वितरण कार्यक्रम अन्र्तगत दिइने उक्त रकम ५ बर्षसम्म निरन्तरण दिइने छ ।’ उनले भने ।
कार्यक्रममा सम्मानित जेष्ठ सदस्यका तर्फबाट लेखनाथ दाहालले सहाराको कार्यप्रति सन्तुष्टि भएको बताउँदै धन्यवाद दिएका थिए । कार्यक्रममा संस्थाका अनुगमन कार्यालय बिर्तामोडका अनुगमन अधिकृत घनश्याम रायलगायत सेवा केन्द्रका कर्मचारीको समेत उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सेवा केन्द्रका वरिष्ठ कर्मचारी खगेन्द्र निरौलाले गरेका थिए । संस्थाले १ बर्षको अवधिमा विपन्नलाई राहत वितरण, कोरोना राहत कोषलाई रकम हस्तान्तरण, सदस्यलाई विभिन्न तालिम, विउविजन बितरण, निःशुल्क स्वास्थ्य शिविरलगायतको ३८ वटा सामाजिक कार्य गरेको जानकारी दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सहाराद्वारा परिवार राहत वितरण

Most Popular

Recent Comments