Home समाचार अपाङ्ग आश्रमलाई खाद्यान्न र कपडा हस्तान्तरण

अपाङ्ग आश्रमलाई खाद्यान्न र कपडा हस्तान्तरण

झापा । मेचीमहाकाली बुहारी संयुक्त आवाजले अर्जुनधारामा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा आश्रित बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा हस्तान्तरण गरेको छ ।
घरेलु हिंसाका विरुद्ध सामाजिक न्याय तथा विभिन्न सामाजिक काममा सक्रिय समाजले दशैं नजिकिएका बेला बालबालिकालाई खाद्यान्न र कपडा प्रदान गरेको हो ।
मेचीमहाकाली बुहारी संयुक्त आवाज झापाकी संयोजक शिखा खड्का गणेशको नेतृत्वमा आश्रममा पुगेको बुहारीहरुको टोलीले आश्रमका सञ्चालक कृष्ण दंगाललाई उक्त समाग्री हस्तान्तरण गरेको थियो । सो क्रममाआश्रम नजिकै रहेका एक अपाङ्गबालकलाई पनि लत्ताकपडा, खाद्यान्न प्रदान गरिएको संयोजक गणेशले जानकारी दिनुभयो ।
यमु शर्मा सुब्बा र चन्द्रा काफ्लेले नेतृत्व गर्नुभएको उक्त संस्थाले देशभरका २५ बढी जिल्लामा समिति विस्तार गरिसकेको छ । उक्त समितिहरु महिला हिंसा न्युनिकरणका लागि क्रियाशिल छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार अपाङ्ग आश्रमलाई खाद्यान्न र कपडा हस्तान्तरण

Most Popular

Recent Comments