Home समाचार कैलालीमा गस्तीमा रहेका एक प्रहरीको हत्या, एक वेपत्ता

कैलालीमा गस्तीमा रहेका एक प्रहरीको हत्या, एक वेपत्ता

कैलाली । कैलालीमा गस्तीमा खटिएका एक प्रहरीको हत्या भएको छ भने सँगै गस्तीमा गएका हबल्दार बेपत्ता छन् ।
जिगडा प्रहरी चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको कैलालीका प्रहरी प्रमुख मुकेश सिंहले जानकारी दिनुभयो । प्रहरी प्रमुख सिंहका अनुसार असईको शव मोहना नदीमा फेला परेको छ । उनी बर्दिमै रहेकाले ड्युटीमा रहेको पुष्टि हुने प्रहरी अधिकारीहरुको भनाई छ ।
कसैले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कैलालीमा गस्तीमा रहेका एक प्रहरीको हत्या, एक वेपत्ता

Most Popular

Recent Comments