Home समाचार झापामा एकैदिन ७९ जनामा कोरोना पोजेटिभ

झापामा एकैदिन ७९ जनामा कोरोना पोजेटिभ

झापा । पछिल्लो २४ घण्टामा झापामा ७९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाको पछिल्लो तथ्याङ्क अनुसार झापाका नौवटा स्थानीय तहका ७९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
प्राप्त तथ्याङ्क अनुसार शनिबार सबैभन्दा बढी विर्तामोड नगरपालिकाका २२ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै दमक नगरपालिका १४, भद्रपुर र मेचीनगरका १३÷१३ जना, कनकाई नगरपालिकाका ९, कमल गाउँपालिकाका ३, गौरादह र शिवसताक्षीका २÷२ जना तथा हल्दिवारीका १ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको पाइएको छ । भद्रपुरका संक्रमित मध्ये ८ जना सुरक्षाकर्मी रहेका छन् भने मेचीनगरका ६ जना संक्रमितको ठेगाना काठमाडौं रहेको स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाईँद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सार्वजनिक तथ्याङ्क अनुसार ३१ जना महिला र ४८ जना पुरुष संक्रमित भएका छन् ।
त्यस्तै यो अवधीमा दमक र गौरादहका १÷१ जना गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
शनिबार देशभर ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै देशभर संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ जना पुगेको छ । कुल संक्रमित मध्ये ३८ हजार ३ सय ७० जना सक्रिय संक्रमित रहेका छन् भने १ हजार ८ सय जना कोरोना संक्रमण जितेर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार झापामा एकैदिन ७९ जनामा कोरोना पोजेटिभ

Most Popular

कोरोना संक्रमण पछि झापामा ३ को मृत्यु, ३१ मा संक्रमित थपिए

झापा । कोरोना संक्रमण पुष्टि भएर पछिल्लो २४ घण्टामा झापाका तीनजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा विर्तामोड नगरपालिकाका २ र...

प्रदेश–१ का जेठा सांसदलाई कोरोना

झापा १४ कात्तिक। प्रदेश–१ मा सबैभन्दा जेठा सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा...

निजी अस्पतालका बेडबारे डिडिएमसीले अनुगमन गर्ने

झापा १४ कात्तिक । जिल्ला स्थित कोरोना संक्रमण व्यवस्थापन तथा न्यूनिकरण समिति (डिडिएमसी)ले सरकारले तोके अनुसार निजी अस्पतालले कोरोना संक्रमणका लागि...

पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई कोरोना

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई...

Recent Comments