Home Featured 2 वडा कार्यालयको उद्घाटन गर्दै मेयर, शिलालेखमा ढुङ्गा हान्दै उपमेयर

वडा कार्यालयको उद्घाटन गर्दै मेयर, शिलालेखमा ढुङ्गा हान्दै उपमेयर

कैलाली । शिलालेखमा आफ्नो नाम समावेश नगरेसम्म वडा कार्यालयको भवन उद्घाटन गर्न नदिने कैलालीको घोडाघोडी नगरपालिकाकी मेयर प्रेमकुमारी थापाको माग सम्बोधन गर्ने सहमति भएको छ । वडा कार्यालयका नवनिर्मित सबै भवनमा उपमेयरको पनि नाम राख्ने सहमति भएको हो ।
नगरपालिकाका नवनिर्मित ३ वटा वडाहरुका ७, ५ र १२ भवनको शिलालेखमा आफ्नो नाम उल्लेख नगरेको भन्दै मेयर ममताप्रसाद चौधरी विरुद्ध नाराबाजीमा उत्रिएकी उपमेयर थापाले वडा नंं–७ को शिलालेखमा ढुङ्गा प्रहार गरेकी थिइन् ।
आफू विरुद्धको नाराबाजीलाई मेयरले रोक्न खोजेपनि विवाद झन चर्किएको बताइएको छ । ‘उपमेयरलाई अपमान गर्ने मुदार्बाद’ ‘घोडाघोडी मेयर मुर्दावाद’ ‘महिला भनेर अपमान गर्ने मुर्दावाद’ जस्ता नारा लगाइएका थिए ।
शिलालेख परिवर्तन गरेर आफ्नो नाम समावेश नगर्दासम्म वडा कार्यालय उद्घाटन गर्न नदिने उनले बताइन् । वडाध्यक्ष धनबहादुर बमले मेयर र उपमेयर दुबैलाई जान आग्रह गर्दै भने, ‘वडाध्यक्षले उद्घाटन गर्छ, वडा सदस्यहरु सहभागी हुन्छन् ।’ उपमेयर टसकोमस भइनन् र, सबै भवनमा उपमेयरको पनि पनि राख्ने सहमति भएको छ ।
सार्वजनिक ठाउँमा मेयर विरुद्ध र उपमेयरले नाराबाजी गर्दै शिलालेखमा ढुङ्गा हानेसंगै मेयर र उपमेयरबीचको विवाद पनि सहतमै पोखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 वडा कार्यालयको उद्घाटन गर्दै मेयर, शिलालेखमा ढुङ्गा हान्दै उपमेयर

Most Popular

Recent Comments