Home Featured 2 प्लाज्मा दान गर्न रेडक्रसको आह्वान

प्लाज्मा दान गर्न रेडक्रसको आह्वान

झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले कोरोना संक्रमण पुष्टि भएर निको भएकालाई रक्तदान गर्न आह््वान गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले कोभिड संक्रमण भएर निको भइ, नेगेटिभ रिपोर्ट आएर तीन महिना नकाटेकाहरुलाई रक्तदान गर्न आह््वान गर्नु भएको हो ।
कोरोना संक्रमण भएर गम्भिर अवस्थाका विरामीका लागि प्लाज्माको माग आएको जनाउँदै सभापति ढकालले विर्तामोडस्थित रेडक्रस उपशाखाको प्लाज्मा बैंकमा रक्तदान गरेर गम्भिर अवस्थाका विरामीलाई बचाउन आह््वान गर्नुभएको छ । साथै संक्रमितको तथ्याङ्क स्थानीय तहसंग हुने भएपछि प्लाज्मा दानका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिलाई समन्वय गरिदिन सभापति ढकालले आग्रह पनि गर्नुभएको छ । उहाँका अनुसार ओ पोजेटिभ ग्रुपका रगत अर्थात प्लाज्माको आवश्यकता रहेको छ ।
कोरोनालाई जितेका व्यक्तिको रगत अन्य कोरोना संक्रमितलाई बचाउन सकिने भएपछि संक्रमण निको भएको तीन महिना नकाटेकाहरुलाई रक्तदान गर्न आह्वान गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 प्लाज्मा दान गर्न रेडक्रसको आह्वान

Most Popular

Recent Comments