Home खेल प्रदेश च्याम्पियनलाई नगर र वडाको सम्मान

प्रदेश च्याम्पियनलाई नगर र वडाको सम्मान

विर्तामोड १० साउन । प्रदेश स्तरिय मुख्य मन्त्री कप फुटबल प्रतियोगिताको च्यम्पियन झापाको सैनिक फुटबल क्लवलाई विर्तामोड नगरपालिकाले सम्मान गरेको छ ।
महेन्द्र रत्न माविको सभाकक्षमा आयोजित कार्यक्रम क्लव आवद्ध खेलाडी र प्रशिक्षकलाई विहीबार (आज) सम्मान गरेको हो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष टिका संग्रौलाको सभापतित्व र उपमेयर पवित्रा महताराको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै झापा गोल्ड कपका संरक्षक जल कुमार गुरुङले प्रभावकारी योजनाले मात्र खेलकुदको विकास हुने धारणा राख्नुभयो ।
केशव भण्डारीले स्वागत गरेको सम्मान कार्यक्रममा वडाध्यक्षहरु दुर्योधन गुरुङ, राजेन्द्र लिङ्देन र भोजराज सिटौलाले खेलाडीको व्यवसायिक जीवनको सुरक्षा अनिवार्य हुनुपर्नेमा जोड दिएका थिए ।
वक्ताहरुले सिमित श्रोतका बावजुद सैनिक क्लवको उपलव्धीको प्रशंसा समेत गरेका थिए ।
खेलकुद विकास समितिका उपाध्यक्ष दुर्गाराज निरौलाले सञ्चालन गरेको कार्यक्रममा उपमेयर प्रसाइले खेल र खेलाडिको स्तर वृद्धिका लागी आवश्यक सहयोग गर्ने आश्वाशन दिनुभयो ।
यस अघि विर्तामोड नगरपालिका–१० नम्बर वडा समितिले खेलाडीलाई जर्सीसहित सम्मान गरेको थियो । सम्मानपछि वडा समितिको आयोजनामा नौमतिबाजासहित वडाका विभिन्न ठाउँ परिक्रमा गराइएको थियो । वडाध्यक्ष दुर्र्योधन गुरुङको अध्यक्षतामा सम्पन्न खेलाडी सम्मान कार्यक्रममा स्वागत वडासदस्य गीता घिमिरे र सञ्चालन अर्जुन सिटौलाले गरेको कार्यक्रममा पूर्व फुटबल खेलाडी रामदर्शन गुरुङसहितले शुभकामना मन्तव्य राखेको वडासमिति सदस्य दिपीका शिवाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

खेल प्रदेश च्याम्पियनलाई नगर र वडाको सम्मान

Most Popular

Recent Comments