Home शिक्षा शिक्षक निस्काशन विवाद समाधान

शिक्षक निस्काशन विवाद समाधान

भद्रपुर । भद्रपुर–५ स्थित सिद्धार्थ शिशु सदनका शिक्षक निस्काशन विवाद सहमतिमा टुङ्गिएको छ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको पहलमा विद्यालयका संस्थापक श्याम देवान र पीडित शिक्षक बीच सहमतिपछि विवाद अन्त्य भएको हो ।
शैक्षिक वर्ष २०७६ बाट विद्यालयमा काम गरिरहेकी शिक्षक सुजता ठकुरीलाई शैक्षिक वर्ष २०७७ सुरू भएको एक महिना बित्न लाग्दा पनि काममा नबोलाइएपछि खोजी गर्ने क्रममा निस्काशन गरिएको पाइएको थियो । शिक्षक निष्काशन गरेको थाहा पाएपछि विवाद बढेको थियो ।
विवाद समाधानका लागि आज विद्यालयमा भएको छलफलबाट निकास निस्केको हो । नीतिगत रूपमा भएका कमजोरी सच्चिने वातावरण निर्माण भए पश्चात सो विवाद सधैंका लागि अन्त्य भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

शिक्षा शिक्षक निस्काशन विवाद समाधान

Most Popular

Recent Comments