Home समाचार बन्चरो प्रहार गरी साथीको हत्या आरोपमा राजवंशी पक्राउ

बन्चरो प्रहार गरी साथीको हत्या आरोपमा राजवंशी पक्राउ

झापा । बच्चरो प्रहार गरी आफ्नै साथीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका झापा कनकाई नगरपालिका वडा नं.–७ का २२ वर्षीय टल्के भनिने रविन राजवंशीलाई प्रहरीले विहीबार सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय विर्तामोडमा पत्रकार सम्मेलन गरी प्रहरीले पक्राउ परेका राजवंशी र हत्यामा प्रयोग गरिएको घरेलु हतियार बञ्चरो तथा अन्य बराबदी प्रमाणका सामग्रीहरु प्रहरीले सार्वजनिक गरेको हो ।
राजवंशीले आफनै साथी कनकाई नगरपालिका वडा नं.– ३ का बर्ष २२ का अभिषेक चौधरीसंग लागु औषध प्रयोग गर्ने क्रममा भनाभन भएपछि रवीनले अभिषेकको बाटो ढुकेर हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
साथीको हत्या गरी फरार रविनलाई इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मुकुन्द रिजालको नेतृत्वमा खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका वडा नं.–७ स्थित त्रिवेणी टोलबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको बताइएको छ ।
पत्रकार सम्मेलनमा अभियुक्तले घटनामा प्रयोग गरेको एक थान बन्चरो रगतले लत्पतिएको एक थान सर्ट पेन्ट र चप्पल समेत सार्वजनिक गरेको थियो ।
बन्चरो प्रहार गरी गम्भिर घाइते भएका अभिषेक गम्भिर घाइते भएपछि आरोपित राजवंशीले घटना लुकाउनका लागि घर नजिकै दाउराको थुप्रोमा घाँसले छोपेर भागेको प्रहरीले जनाएको छ ।
हाल पक्राउ गरिएका राजवंशीलाई कर्तब्य ज्यान अन्र्तगत मुद्दा चलाइने बिर्तामोड प्रहरी प्रमुख मुकुन्द रिजालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार बन्चरो प्रहार गरी साथीको हत्या आरोपमा राजवंशी पक्राउ

Most Popular

Recent Comments