Home समाचार झापाका नौसय ११ ले जिते कोरोनालाई

झापाका नौसय ११ ले जिते कोरोनालाई

झापा । झापामा हालसम्म कोरोना भाइरसबाट संक्रमित भएको एकहजार एकसय ६७ जना मध्ये नौ सय ११ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार हाल दुईसय २४ जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् भने कोरोना संक्रमणबाट बुधबार एकजनाको मृत्यु भएसंगै कोरोना संक्रमण पुष्टि भएर ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा १२ जना उल्लेख छ भने आज मृत्यु भएका विर्तामोड नगरपालिका–१ का ६५ वर्षिया १ पुरुषको तथ्याङ्कमा समेटिन बाँकी रहेको बुझिएको छ । ।
काठमाडौंमा उपचाररत ती पुरुषको बुधबार अपरान्ह्र मृत्यु भएको विर्तामोड नगरपालिकाका स्वास्थ्य इन्चार्ज ओम खड्काले पुष्टि गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार झापाका नौसय ११ ले जिते कोरोनालाई

Most Popular

Recent Comments