Home समाचार मोरङमा एकलाख घरधुरीमा हात धुवाउने महाअभियान

मोरङमा एकलाख घरधुरीमा हात धुवाउने महाअभियान

मोरङ । मोरङ जिल्लामा साबुनपानीले हातधुने महाअभियानको औपचारिक थालनी गरिएको छ । मोरङको बेलबारी नगरपालिका र रतुवामाई नगरपालिकाबाट अभियानको औपचारिक थालनी गरिएको हो ।


बेलबारी नगरपालिकाको वडा नं. ९ मा आयोजनाबाट औपचारिक रुपमा अभियानको थालनी गरिएको हो । ९ बजेर ९ मिनेट जाँदा, अपांगता भएका ९ जना बालबालिकाले साबुनपानीले हातधोएर अभियानको औपचारिक आरम्भ गर्नुभएको हो । मोरङ जिल्लामा विश्व हातधुने दिवस २०२० को अवसरमा एक लाख घरधुरीमा साबुनपानीले हात धुवाउने लक्ष्य लिइएको छ ।
मोरङका रतुवामाई नगरपालिका, जहदा गाउँपालिकाले महाअभियानको प्रारम्भ गरेका छन् ।
अक्टुबर १० देखि १५ सम्म घरधुरीमा केन्द्रित भएर सबै घरधुरीमा अभियान सञ्चालन गरिने सरसफाइ अभियानका कार्यक्रम अधिकृत शर्मिला चौधरीले जानकारी दिनुभयो । ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको साझेदार संस्था नारी विकास संघको सहजीकरणमा पूर्ण सरसफाइ अभियान सञ्चालन भैरहेका स्थानमा साबुनपानीले हातधुने महाअभियान सञ्चालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार मोरङमा एकलाख घरधुरीमा हात धुवाउने महाअभियान

Most Popular

Recent Comments