Home समाचार साझामञ्च मिडिया प्रालिको अध्यक्षमा कार्की

साझामञ्च मिडिया प्रालिको अध्यक्षमा कार्की

बिर्तामोड । साझामञ्च मिडिया प्रालिको अध्यक्षमा एकराज कार्की पुनः सर्वसम्मत चयन हुनुभएको छ । शनिबार बिर्तामोडमा सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारणसभाले आगामी तीन वर्षे कार्यकालका लागि कार्कीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । अध्यक्ष कार्की १ नं. प्रदेशका प्रदेश सभा सदस्य हुनुहुन्छ ।
कम्पनीको उपाध्यक्षमा खड्गप्रसाद दाहाल र बोर्ड अफ डाइरेक्टरहरुमा नारायण पोखरेल, हरि शर्मा र कृष्णप्रसाद घिमिरे चुनिएका छन् भने कार्यकारी प्रमुखका जिम्मेवारी भने साझामञ्च डटकमका प्रधानसम्पादक गोपाल काफ्लेलाई जिम्मेवारी दिइएको छ ।
कम्पनीले साझामञ्च डटकम, साझा सहकारी मञ्च टेलिभिजन कार्यक्रम, साझामञ्च टपटेन न्यूज बुलेटिन प्रकाशन÷प्रसारण गर्दै आएको छ । विगत ७ वर्षदेखि सही र यथार्थ सूचना पस्कँदै आएको साझामञ्चले नयाँ नयाँ विधिबाट पाठक, स्रोता एवम् दर्शकको मन जित्ने प्रयास गरिरहेको छ ।
साधारणसभाले आर्थिक वर्ष २०७६०७७ को आम्दानी र खर्चको विवरणलाई सर्व सम्मतिले स्वीकृत गर्दै चालू वर्षका लागि प्रस्तावित कार्यक्रम तथा बजेट पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार साझामञ्च मिडिया प्रालिको अध्यक्षमा कार्की

Most Popular

Recent Comments