Home समाचार जोशी र बुढाथोकी मृत फेला

जोशी र बुढाथोकी मृत फेला

भद्रपुर ९ साउन । वर्षातसंगै पैनी तथा खेतमा जमेको पानीमा परी झापाका दुई अलग अलग स्थानका दुईजनाले ज्यान गुमाएका छन् ।
गोठ जानका लागि घरबाट निस्किएका झापा कमल गाउँपालिका– ५ काजीबहादुर जोशी मृत फेला परेका थिए ।
गोठ छेउको पिंढीबाट चिप्लिंदा पैनीमा परेका र उक्त पैनीले बगाउँदा ६८ वर्षीय जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै झापा हल्दिबारी–१ का ३८ को बिरेन्द्र बुढाथोकीको पनि पानीमा डुवेको अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ । विहान घरबाट निस्किएका उनी अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेको अवस्थामा मृत फेला परेका थिए । बुढाथोकीको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार जोशी र बुढाथोकी मृत फेला

Most Popular

Recent Comments