Home Featured 2 कोरोना संक्रमणका कारण झापामा दुई स्थानीय तहका सेवा बन्द

कोरोना संक्रमणका कारण झापामा दुई स्थानीय तहका सेवा बन्द

झापा । झापाका दुई नगरपालिकाको सेवा पूर्णरूपमा बन्द गरिएको छ । कोरोना संक्रमणका कारण दमक र भद्रपुर नगरपालिकाको सेवा बन्द भएको हो । दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टि भएपछि हिजोदेखि र भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का ‘काजी’ लाई कोरोना संक्रमण पुष्टि भएपछि आज (बुधबार) देखि सेवा बन्द गरिएको हो ।
दुबै नगरपालिका शुक्रबारसम्मका लागि बन्द गरिएको छ । अब ति नगरपालिका आइतबार खुल्ने छन् । नगर प्रमुख ओली र दमक १० का वडाध्यक्ष बोधराज न्यौपानेलाई सोमबार कोरोना पुष्टि भएको हो । नगर प्रमुखकी श्रीमती लीला ओलीलाई आइतबार नै संक्रमण देखिएको थियोे । ओली दम्पत्तीसहित उहाँका छोरामा पनि संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाका पदाधिकारीमा समेत कोरोनाको संक्रमण देखिएपछि दमक नगरपालिका र सबै वडा कार्यालय बन्द गरिएको नगरपालिकाका उपसचिव दिनेशकुमार न्यौपानेद्वारा जारी सूचनामा जनाइएको छ ।
भद्रपुर नगरपालिकाको बुधबारदेखि सम्पूर्ण सेवा ठप्प भएको छ । भद्रपुर १० का वडाध्यक्षसहित समुदायस्तरमा कोरोना फैलिएको जनाउँदै नगरपालिकाले सेवा बन्द गरेको हो । नगरपालिका, वडा कार्यालय र विषयगत कार्यालयबाट हुने सबै सेवा बन्द गरिएको नगर प्रमुख जीवनकुमार श्रेष्ठले जारी गरेको सूचनामा लेखिएको छ ।
३ गौरीगञ्जको पनि सेवा प्रभावित : झापाको गौरीगञ्ज गाउँपालिकाको कृषि तथा पशुसेवा शाखा अनिश्चितकालका लागि बन्द गरिएको छ । कृषि कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत राजु दाहालले जारी गरेको सूचनामा लेखिएको छ । कर्मचारी गौरीगञ्ज २ कोरोबारीका हुन् । उनी होमआइसोलेसनमा छन् ।
कोरोबारीमा लकडाउन : गौरीगञ्ज २ वडा कार्यालयले साविक कोरोबारी क्षेत्रमा आंशिक लकडाउन गरेको छ । वडा कार्यालय र सबै सेवा बन्द भएको जनाइएको छ । स्वास्थ्य सेवा बाहेक स्थानीय हाटबजार, निजी तथा सरकारी विद्यालय, कलकारखाना, उद्योग बन्द गरिएको वडाध्यक्ष अग्नु राजवंशीले जानकारी दिए । खाद्यान्न बिक्री लागि बिहान ७ बजेदेखि ११ बजेसम्म समय तोकिएको छ । सुरक्षाका सबै मापदण्ड पालना गर्न र बिना काम बाहिर ननिस्कन स्थानीयलाई भनिएको छ । वडा कार्यालयले निर्णय अनिवार्य पालना गर्न सबैलाई अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 कोरोना संक्रमणका कारण झापामा दुई स्थानीय तहका सेवा बन्द

Most Popular

Recent Comments