Home समाचार स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनबारे अनुगमन गर्न मजदुर नेताको माग

स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनबारे अनुगमन गर्न मजदुर नेताको माग

झापा । झापामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै मजदुर नेताहरुले मजदुरहरुको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको अनुगमन गर्न झापाका स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
झापाका ट्रेड युनियन महासंघ तथा चिया क्षेत्रका श्रमिक संघ संगठनका नेताहरुले झापाका मजदुरहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम् स्वास्थ्य सुरक्षा मापदण्ड अनुसारको सुरक्षाका सामाग्री उपलव्ध गराउन स्थानीय तहका सरकारको ध्यानाकर्षण गराएका हुन् ।
चिया क्षेत्रमा कार्यरत मजदुर तथा अन्य क्षेत्रमा कार्यरत मजदुर कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै उनीहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम् स्वास्थ्य सुरक्षा मापदण्ड अनुसारको सुरक्षाका सामाग्री उपलव्ध गराउन पहल गर्न स्थानीय सरकारसंग माग समेत गरेका छन् ।
संवाद समूह झापाको संयोजनमा मंगलवार झापाका ट्रेड युनियन महासंघ तथा चिया क्षेत्रका श्रमिक संघ संगठनका नेताहरुसंग भएको चिया मजदुरका सवालमा हालसम्मका सहमति र कार्यान्वयनको अवस्था विषयक समिक्षा वैठकमा उनीहरुले यस्तो वताएका हुन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं. १ इञ्चार्ज भूपाल सापकोटा, ट्रेड युनियन महासंघ(जिफण्ट) प्रदेश नं. १ उपाध्यक्ष सन्तकुमार राई, अखिल नेपाल चिया मजदुर संघ केन्द्रीय अध्यक्ष सीता सापकोटा सन्ध्या, नेपाल चिया बगान श्रमिक संघ केन्द्रीय अध्यक्ष दीपक तामाङ, नेपाल ट्रेड युनियन कांग्रेस झापा अध्यक्ष यज्ञप्रताप अधिकारीले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा चिया क्षेत्रमा कार्यरत मजदुर रहेको बताउँदै चिया क्षेत्रमा कार्यरत मजदुरहरुलाई कार्यस्थलमा न्यूनतम् स्वास्थ्य सामग्री उपलव्ध गराउन आग्रह गरेका हुन् ।
चिया क्षेत्रमा कार्यरत मजदुरहरुलाई कोरोना भाइरस संक्रमणबाट वच्न अपनाउनु पर्ने सुरक्षाका उपायबारे सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेकोे उनीहरुले बताए ।
त्यस्तै झापाका ट्रेड युनियन महासंघ तथा चिया क्षेत्रका श्रमिक संघ संगठनका नेताहरुले गत भदौ ३१ गते चिया क्षेत्रमा क्रियाशिल तीनवटा ट्रेड युनियन संघका प्रतिनिधी र नेपाल चिया उत्पादक संघका प्रतिनिधीहरुबीच भएको चारवुँदे सम्झौता कार्यान्वयन गर्दै लैजाने प्रतिवद्धता समेत जनाएका छन् । बैठकमा झापाका ट्रेड युनियन महासंघ तथा चिया क्षेत्रका श्रमिक संघ संगठनका नेताहरुले दुईबुँदे साझा निष्कर्ष समेत निकालेका छन् ।
नेपाल चिया उत्पादक संघ र तीनवटा ट्रेड युनियन संघका प्रतिनिधीहरुबीच मिति २०७७ साल भदौ ३१ गतेको र यस अघिका निर्णयहरुको कार्यान्वयनका लागि नेपाल चिया उत्पादक संघ लगायत सहमति हुन नसकेका जिल्लास्थित सहकारी संस्था , साना किसान एवम् तीनका मजदुरसंग समन्वय गरी यस अघिका निर्णयहरु क्रमशः कार्यान्वयन गराउने र यसका लागि तीन वटै ट्रेड युनियन संघका प्रतिनिधीहरु वसेर समिक्षा गर्ने साझा निष्कर्षमा उल्लेख छ ।
त्यस्तै कोभिड –१९ का सन्दर्भमा झापामा मजदुरहरुको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै झापाका सवै स्थानीय तहका सरकारहरुले नेपाल सरकारले तोकेको न्यूनतम् मापदण्ड मजदुरहरुले कार्यान्वयन भए नभएको अनुगमन गर्न ध्यानाकर्षण गराउने साझा निष्कर्षमा उल्लेख छ । वैठकको सहजीकरण संवाद समूह झापाका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनबारे अनुगमन गर्न मजदुर नेताको माग

Most Popular

कारवाहीको माग गर्दै बुहारी आवाजद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

झापा ११ मंसीर । महोत्तरीमा बलात्कारपछि हत्या गरिएकि बालिका गुलाब खातुनका हत्यारालाई कडा कानुनी कारबाहीको माग गर्दै मेचीमहाकाली संयुक्त बुहारी आवाजले...

हाजिरीजवाफ प्रतियोगितामा बीरेन्द्र मावि प्रथम

भद्रपुर १० मंसीर । झापाको भद्रपुर जेसीजले जेसीज सप्ताह २०२० को ५ औं कार्यक्रम अन्र्तगत भद्रपुर नगरपालिका मावि स्तरीय अन्तर मावि...

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

Recent Comments