Home Featured 2 प्रदेश ५ को नाम लुम्बिनी, राजधानी भालुवाङ

प्रदेश ५ को नाम लुम्बिनी, राजधानी भालुवाङ

बुटबल । प्रदेश ५ को राजधानी र प्रदेशको नामाकरण दुवै मंगलबार टुङ्गो लागेको छ । मंगलबार सम्पन्न राजधानी र नामाकरणका सम्बन्धमा भएको मतदानमा प्रदेशसभाबाट दुईतिहाई मतले पारित भएको हो ।
प्रदेशको नाम राख्ने सम्बन्धमा मङ्गलबार प्रदेश सभामा भएको मतदानमा लुम्बिनी राख्ने भन्ने पक्षमा ७९ मत र विपक्षमा चार मत खसेको हो । मतदानमा ८३ जना सांसदले भाग लिएका थिए । यसअघि प्रदेशको राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव पनि दुई तिहाइले पारित भएको हो ।
प्रदेश सभामा मङ्गलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत र प्रस्तावको विपक्षमा १३ मत परेको छ । प्रदेशको राजधानी भालुवाङ बनाउने विषयमा प्रक्रियागत त्रुटी र प्रतिपक्षलाई बेवास्ता गरेको भन्दै प्रदेशसभामा प्रतिपक्षी दल कांग्रेसले विरोध गर्दै कुर्सी र माइक तोडफोड समेत गरेको थियो ।
देशभरका सातवट प्रदेश मध्ये अझै २ वटा प्रदेशको नामाकरण तथा राजधानी टुङ्गो लागेको छैन । प्रदेश १ र २ ले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन सकेका छैनन् भने यसअघि प्रदेश नं. ३ को वाग्मती, ४ को गण्डकी, ६ को कर्णाली र ७ को सुदुरपश्चिम नामाकरण भइसकेको छ । नामाकरण गरिएका प्रदेशहरुले राजधानीको समेत टुङ्गो लगाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 प्रदेश ५ को नाम लुम्बिनी, राजधानी भालुवाङ

Most Popular

Recent Comments