Home शिक्षा सरकारी अनुमतिविनै विद्यालय सञ्चालन हुँदै

सरकारी अनुमतिविनै विद्यालय सञ्चालन हुँदै

भद्रपुर । भौतिक रूपमा विद्यालय सञ्चालन गर्न सरकारले अनुमति दिएको छैन । तर, भद्रपुर नगर क्षेत्रका आधादर्जन बढी विद्यालयहरूले कक्षा सञ्चालन गरिरहेको खुलासा भएको छ ।
समुदायस्तरमा कोरोना संक्रमण तीव्र हुँदै गएको भद्रपुर नगर क्षेत्रमा बैकल्पिक शिक्षण विधि छोडेर केही विद्यालयहरूले भौतिक रूपमै कक्षा सञ्चालन गरिरहेको पाइएको हो । यसरी कक्षा सञ्चालन गर्ने विद्यालयहरूमा पुरानो भद्रपुर नगर क्षेत्रमा ३, महेशपुरमा २ र पृथ्वीनगरमा ४ वटा रहेको स्थानीय अभिभावकहरूको भनाइ छ । भौतिक रूपमा कक्षा सञ्चालन गरिरहेका विद्यालयहरूले केहीले विहान र केहीले दिउँसो कक्षा सञ्चालन गरिरहेका छन् । सुरक्षा सावधानी समेत नअपनाई पठनपाठन भइरहेको अवस्थाले कोरोना संक्रमण जोखिम बढेको स्थानीयको गुनासो छ ।
शिक्षा विकास समन्वय इकाइ झापामा समेत भौतिक रूपमा विद्यालय सञ्चालन गर्न मातहत निकायबाट अनुमती नरहेको जानकारी हुँदा हुँदै सदरमुकाममै सरकारी नीति विपरित शिक्षण भइरहेको पाइएको छ ।
पछिल्लो शिक्षण निर्देशिका अनुसार बैकल्पिक शिकाइ अन्र्तगत अनलाइन् शिक्षण, क्लस्टर शिक्षण गर्न अनुमति दिइएको छ भने प्रविधि र स्थलगत अध्यापनमा पहुँच कम भएका केही विद्यालयहरूले विद्यालयमै विद्यार्थी बोलाएर पढाइरहेको अवस्था छ ।
विद्यालयमा कक्षा सञ्चालन बारेको जिज्ञासामा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सरकारले तय गरेको पछिल्लो शिक्षण निर्देशिका विपरित कोभिड १९ संक्रमण जोखिम हुने गरी कक्षा सञ्चालन गर्न नपाइने बताउनु भयो । प्रजिअ तिमिल्सिनाले बैकल्पिक शिक्षण सहजीकरण गर्न शिक्षा विकास समन्वय इकाइलाई जिम्मेवारी दिइएको जनाउँदै सरकारी नीति विपरित जान नपाइने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

शिक्षा सरकारी अनुमतिविनै विद्यालय सञ्चालन हुँदै

Most Popular

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

Recent Comments