Home समाचार सिम्रिकको नेतृत्वमा सुवास

सिम्रिकको नेतृत्वमा सुवास

विर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारीको अध्यक्षमा सुवास भट्टराई सर्वसम्मत चयन हुनुभएको छ । आगामी चार वर्षे कार्यकालका लागि मनोनयन दर्ता गर्दा अध्यक्ष पदमा भट्टराईको मात्र मनोनयन दर्ता भएसंगै अबको चारवर्ष सिम्रिकको नेतृत्व भट्टराईले पाउनु भएको हो ।
भट्टराई नेपाल अलैंची व्यवसायी महासंघका महासचिव, नेपाल राष्ट्रिय वाणिज्य संघ बिर्तामोडका अध्यक्ष लगायत विभिन्न व्यवसायिक एवम् राजनीतिक संघ–संस्थाको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
यसरी नै उपाध्यक्षमा किरण कपुरीले निरन्तरता पाउने भएका छन् भने सचिवका लागि सञ्चालक सदस्य इन्द्रबहादुर कार्कीको मात्र मनोनयन दर्ता भएको छ । संस्थाको कोषाध्यक्षमा हरिप्रसाद कडरिया, मेहरमान विष्ट र टंककुमार (प्रकाश) बस्नेतको मनोनयन दर्ता भएको निर्वाचन समितिका संयोजक तथा विर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले जानकारी दिनुभयो । निर्वाचन समितिका संयोजक दाहालका अनुसार अध्यक्ष, उपाध्यक्ष र सचिवका लागि एक–एकजनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा ३ जनाको मनोनयन दर्ता भएको छ ।
यसैगरी सञ्चालक सदस्यहरुमा प्रकाश भट्टराई, शशिकला मुखिया, चन्द्रकला भट्टराई सुवेदी, लीला अधिकारी मुखिया र नविन योगी (जोगी) रहेका छन् ।
सिम्रिक साकोसको काम कारबाहीहरु नीति, विधि अनुसार भए नभएको हेर्न आन्तरिक नियमन गर्ने जिम्मेवारी पुनः पुरानै टिमले पाएको छ । लेखा सुपरीवेक्षण समिति संयोजकमा रमेश अधिकारीसहित सदस्यहरु मिनप्रसाद गुरागाईं र ओमराज राई सबैले निरन्तरता पाउने निश्चित भएको छ ।
कोषाध्यक्ष पदमा तीनजनाको उम्मेदवारी परेकाले आपसी समझदारी गर्न छलफल भइरहेको जनाइएको छ । आज (मंगलबार) सम्म मनोनयन फिर्ता लिने समय रहेकाले तोकिएको समयभित्रै एकजनालाई सहमतिको उम्मेदवार चयन गर्न आफूहरु प्रयत्नशील रहेको कमल बस्नेतले जानकारी दिनुभयो ।
सहकारी ऐन २०७४ को भावना बमोजिम आउँदो कात्तिक १ गतेदेखि सहकारी संस्थाको सञ्चालक समितिमा रहेका व्यक्तिले कार्यकारी प्रमुखको भूमिकामा रहन नमिल्ने भएपछि हालका अध्यक्ष कमलबहादुर बस्नेतले अध्यक्षमा उम्मेदवारी नदिएको बताइएको छ । उनी अब निरन्तर संस्थाको प्रमुख कार्यकारी अधिकृत भएर सेवा गर्ने निर्णयमा पुगेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सिम्रिकको नेतृत्वमा सुवास

Most Popular

Recent Comments