Home समाचार विषादी परिक्षण गर्न माग गर्दै नेविसंघको प्रदर्शन

विषादी परिक्षण गर्न माग गर्दै नेविसंघको प्रदर्शन

बुधबारे ९ साउन । विषादी युक्त तरकारी परिक्षण गरेर मात्र नेपाल भित्र्याइनु पर्ने माग राख्दै नेपाल विद्यार्थी संघ झापाले बिहिबार काँकरभिट्टा नाकामा प्रर्दशन गरेको छ ।
झापाका विभिन्न कलेजमा रहेका संघका सदस्यहरुको उपस्थितिमा भएको प्रदर्शनमा भारतबाट आयात हुने तरकारीको विषादी परिक्षण गरेर मात्र भित्र्याउनुपर्ने भन्दै पूर्वीनाका काँकरभिट्टामा एकघण्टा विद्यार्थीले विरोध प्रर्दशन गरेका हुन् ।

विरोध कार्यक्रममा बोल्दै नेवि संघ झापाका अध्यक्ष राजेन्द्र उप्रेतीले विषादी युक्त तरकारीले सम्पूर्ण नेपालीहरुको स्वास्थ्यमा गम्भिर असर परेको उल्लेख गर्दै नेपाल सरकारले यसतर्फ तत्काल ध्यान जान जरुरी रहेको बताए ।
नेपालीमा लाग्ने दीर्घकालिन रोगहरुको मुख्य कारण भारतबाट आयातित विषादीयुक्त तरकारी नै भएको बताउँदै उनले परिक्षण गरेर मात्र खान योग्य तरकारीमात्र नेपाल भित्र्याउने व्यवस्था मिलाउन उप्रेतीले माग गरे ।
नेपाल विद्यार्थी संघ झापाका प्रवक्ता संजय निरौलाले संचालन गरेको कार्यक्रममा जिल्ला सदस्य, कलेज सभापति लगायत अन्य प्रतिनिधीहरु सहित सयौं विद्यार्थीको उपस्थिती रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार विषादी परिक्षण गर्न माग गर्दै नेविसंघको प्रदर्शन

Most Popular

Recent Comments