Home Featured 2 अदालतले छाडेकालाई पक्राउ गरी गैरन्यायिक थुनामा नराख्न बारको माग

अदालतले छाडेकालाई पक्राउ गरी गैरन्यायिक थुनामा नराख्न बारको माग

झापा । अदालतको आदेशमा छाडिएका व्यक्तिलाई पुनः पक्राउ गर्ने र गैरन्यायिक थुनामा राख्ने कार्य तत्काल बन्द गर्न नेपाल बार एशोसिएशन, मानवअधिकार तथा जनसरोकार समिति झापाले माग गरेको छ ।
मनिष भनिने प्रवीण मिश्रलाई झापा प्रहरीले अदालत परिषरबाटै घेरा हालेर पक्राउ गरेको घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बारले हरेक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक हनन नगर्न भनेको हो । ‘गैरकानुनी थुनामा राख्ने कार्य संविधान र प्रचलित कानुन विपरीत छ’ नेपाल बार एशोसिएशन, मानवअधिकार तथा जनसरोकार समिति झापा संयोजक यज्ञलक्ष्मी चौलागाईंद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ –‘यसप्रकारको धरपकड र थुनामा राख्ने कुरालाई बारले किमार्थ स्वीकार्न र कानुन बमोजिम मान्न सक्दैन, सकिन्न ।’ हातहतियार तथा खरखजाना मुद्दामा अदालतले तोकेको धरौटी बुझाएर निस्केका प्रवीणलाई पक्राउ गरेर झापा प्रहरीले मानवअधिकारको बर्खीलाप विज्ञप्तिमा उल्लेख गरिएको छ । झापा बारले विधिको शासन, न्यायिक सर्बोच्चताको सम्मान गर्न र कसैलाई पनि कानुन विपरीत थुनामा नराख्न भनेको छ ।
अदालत परिषरबाट जिल्ला प्रहरी कार्यालयतर्फ लगिएका मिश्रको स्थिति सार्वजनिक गरी बिनासर्त रिहा गर्न विज्ञप्तिमा माग गरिएको छ । मिश्रलाई नेकपा माओवादी विप्लव समूहको कार्यकर्ता भएको र विभिन्न ठाउँमा बम बिस्फोट तथा आगजनी गराएको आरोपमा झापा प्रहरीले ०७६ भदौ ३१ गते डेरामा बसिरहेका बेला विर्तामोडबाट पक्राउ गरेर थुनामा राखेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 अदालतले छाडेकालाई पक्राउ गरी गैरन्यायिक थुनामा नराख्न बारको माग

Most Popular

Recent Comments