Home त्रिदेवका प्राध्यापकलाई भर्चुअल कक्षा सञ्चालन सम्बन्धी तालिम

त्रिदेवका प्राध्यापकलाई भर्चुअल कक्षा सञ्चालन सम्बन्धी तालिम

चारआली । त्रिदेव बहुमुखी क्याम्पस, चारआली झापाको आयोजनामा अनलाईन कक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा प्राध्यापकहरुलाई ५ दिने तालिम कार्यक्रम सञ्चालन भएको छ ।
विश्व विद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा त्रिदेव क्याम्पसको IQAC समितिको आयोजनामा क्याम्पसमा प्राध्यापनरत २६ जना प्राध्यापक तथा कर्मचारीहरुलाई उक्त तालिम कार्यक्रम सञ्चालन गरेको हो । नेपाल सरकारले जारी गरेको निर्देशिका बमोजिम सबै शैक्षिक संस्थाहरुले अनिवार्य रुपमा भर्चुअल कक्षा सञ्चालन गर्नुपर्ने प्रावधानलाई कार्यान्वयन गर्न प्राध्यापकहरुलाई सहजीकरण गर्ने उद्देश्यले उक्त तालिम कार्यक्रम सञ्चालन गरेको हो ।
सामाजिक विकास मन्त्रालय १ न. प्रदेशका सहजकर्ता (ICT विज्ञ)–नारायण प्रसाद भट्टराईले सहजीकरण गरेको उक्त तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरेले तालिम कार्यक्रमले क्याम्पसको शैक्षिक उन्नयन र विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।
क्याम्पस प्रमुख माधव प्याकुरेलले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सबै प्राध्यापक तथा कर्मचारीलाई तालिममा सक्रिय सहभागीताको लागि अनुरोध गर्नु भयो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख तेजप्रसाद खनालले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

त्रिदेवका प्राध्यापकलाई भर्चुअल कक्षा सञ्चालन सम्बन्धी तालिम

Most Popular

Recent Comments