Home समाचार बामदेवको मुद्दा पुन: हेर्दाहेर्दैमा, आउँदो बुधबार सुनुवाई हुने

बामदेवको मुद्दा पुन: हेर्दाहेर्दैमा, आउँदो बुधबार सुनुवाई हुने

काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमा शुक्रबार सुनुवाई नसकिएपछि सर्वोच्च अदालतले पुन हेर्दाहेर्दमा राखेको छ । गत बुधबार शुक्रबार (आज) का लागि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आजपनि सुनुवाई नसकिएपछि पुनः आउँदो बुधबारका लागि सरेको सर्वोच्च अदालतका एक अधिकारीको भनाई छ ।
गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए । सुनुवाई अदालतको समय सकिएपछि फेरि बुधबारका लागि सरेको रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिनुभयो ।
रिटमाथि गत बुधबारदेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासको पूर्ण इजलासमा सुनुवाई भएको छ ।
उक्त रिटमा असोज ७ गते प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमको सां‌सद पद यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार बामदेवको मुद्दा पुन: हेर्दाहेर्दैमा, आउँदो बुधबार सुनुवाई हुने

Most Popular

Recent Comments