Home समाचार बामदेवको मुद्दामा आज सुनुवाई हुँदै

बामदेवको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं । आजसम्मका लागि हेर्दाहेर्दैमा राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई हुने भएको छ।
बुधबार समय अभाव भएपछि संवैधानिक इजलासमा हेर्दाहेर्दैमा राखिएको रिटमा आज सुनुवाई अघि बढ्न लागेको हो। प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाई हुँदाहुँदै समय अभाव भएपछि हेर्दाहेर्दैमा राखिएको थियो।
प्रतिनिधिसभा चुनाव हारेका गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गर्नुभएको थियो। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिँदै रिटलाई संवैधानिक इजलासमा पठाएको थियो। गौतमले राष्ट्रियसभा सदस्यको सपथ भने लिइसकेका छन्। प्रतिनिधिसमा सदस्यका लागि नेकपाबाट बर्दिय क्षेत्र नंं–१ का उम्मेद्वार गौतम पराजित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार बामदेवको मुद्दामा आज सुनुवाई हुँदै

Most Popular

Recent Comments