Home समाचार सम्झनाको बलात्कार र हत्यामा संलग्नलाई कडा कारवाहीको माग गर्दै झापामा प्रदर्शन

सम्झनाको बलात्कार र हत्यामा संलग्नलाई कडा कारवाहीको माग गर्दै झापामा प्रदर्शन

झापा । बलात्कार पछि हत्या गरिएकी सम्झना कामी (विक) को बलात्कार र हत्यामा संलग्नलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै खबरदारी सभा सम्पन्न भएको छ
सो क्रममा चेतनामुलक नृत्य प्रस्तुत गर्नुका साथै कडरिया, प्रकाश दाहाल, प्रज्ञा प्रधान लगायतले चेतनामुलक कविता र गीत प्रस्तुत गरेका थिए । यसअघि विर्तामोडस्थित दारी भाईको चियापसलबाट निस्किएको नारासहितको र्यालीले विर्तामोड नगर परिक्रमा गरी मुक्तिचोकमा पुगेर सभामा परिणत भएको कौशल भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै बैज्ञानिक समाजवादी पार्टीको विरोधसभामा महिला अधिकारकर्मी सावित्री सुवेदी लगायतले बोलेका थिए ।
बझाङको मस्टा गाउँपालिका वडा नं.–२ की सम्झना विकको गत असोज ७ गते स्थानीय राजेन्द्र बोहराले बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् ।
न्यायका लागि खबरदारी र बैज्ञानिक समाजवादी पार्टी प्रदेश–१ को आयोजनामा भएको छुट्टाछुट्टै विरोध कार्यक्रममा बलात्कारीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।
न्यायका लागि खबरदारीद्वारा आयोजित सभामा बोल्दै झापाका युवा नारायण कडरियाले संविधान अनुसार सरकारले महिला, दलित तल्लो वगलाई न्याय दिन नसकेको बताउँदै महिलाले अझै पनि दास भएर बाँच्नु परेको बताउनु भयो ।


छोरी चेलीलाई ढुक्क भएर कतै पनि पठाउन सक्ने अवस्था नरहेके बताउँदै कडरियाले यस्तो अवस्था आउनु आम नेपालीका लागि लज्जास्पद भएको बताउनु भयो ।
सबैका लागि बनेको संविधान सरकार र ठूला मान्छेका लागि मात्र भएको बताउँदै कडरियाले छोरी चेली र पिछडिएका वर्गको संरक्षण गर्न नसक्ने संविधानको काम नरहेको बताउनु भयो ।


सो क्रममा चेतनामुलक नृत्य प्रस्तुत गर्नुका साथै कडरिया, प्रकाश दाहाल, प्रज्ञा प्रधान लगायतले चेतनामुलक कविता र गीत प्रस्तुत गरेका थिए । यसअघि विर्तामोडस्थित दाह«ी भाईको चियापसलबाट निस्किएको नारासहितको र्यालीले विर्तामोड नगर परिक्रमा गरी मुक्तिचोकमा पुगेर सभामा परिणत भएको कौशल भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै बैज्ञानिक समाजवादी पार्टीको विरोधसभामा महिला अधिकारकर्मी सावित्री सुवेदी लगायतले बोलेका थिए ।
बझाङको मस्टा गाउँपालिका वडा नं.–२ की सम्झना विकको गत असोज ७ गते स्थानीय राजेन्द्र बोहराले बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सम्झनाको बलात्कार र हत्यामा संलग्नलाई कडा कारवाहीको माग गर्दै झापामा प्रदर्शन

Most Popular

Recent Comments