Home समाचार थप ३ सहित अर्जुनधाराका ५ वटा वडा कार्यालय बन्द

थप ३ सहित अर्जुनधाराका ५ वटा वडा कार्यालय बन्द

झापा । अर्जुनधारा नगरपालिका वडा नं.–९ का स्थानीयमा मंगलबार कोरोना संक्रमण भएपछि झापाको अर्जुनधारा नगरपालिकाका थप तीन वटा वडा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
समुदायमा संक्रमण फैलन सक्ने त्रासका कारण नगरपालिकाका वडा नं. ८, ९ र १० वडा कार्यालय समेत बन्द गरिएको हो । कन्ट्याक्ट ट्रेसिङका आधारमा संक्रमित व्यक्ति बन्द गर्ने निर्णय गरिएका वडा कार्यालयसहित अन्त्रय गएको पाइएपछि कार्यालय बन्द गर्नु परेको वडा नं. १० का वडाध्यक्ष बलदेवसिंह गोम्देनले जाजानकारी दिनुभयो । यस्तै, शनिश्चरे बजारमा रहेको ८ नम्बर वडा कार्यालयमा पनि संक्रमित व्यक्ति आएको पाएइपछि वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा आइतबारसम्मका लागि बन्द गरिएको जनाइएको छ ।
११ वटा वडा रहेको अर्जुनधारा नगरपालिकाको खुदुनाबारीमा यसअघि एकै परिवारका ३ व्यक्तिमा संक्रमण पुष्टि भएपछि अर्जुनधारा २ र ३ नम्बर वडा कार्यालय बन्द अवस्थामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार थप ३ सहित अर्जुनधाराका ५ वटा वडा कार्यालय बन्द

Most Popular

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

पत्रकार काफ्ले र गौतमद्वारा ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा सहयोग

झापा ८ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम...

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

Recent Comments