शिक्षालाई प्रमाणपत्रमुखी भन्दा पनि परिणाममुखी शिक्षा हुनुपर्छ भन्ने कुरामा जोड दिंदै विगत चारवर्षयता प्राविधिक शिक्षा अन्तरगत डिप्लोमा सम्मको कक्षा सञ्चालन गर्दै आएका झापाका युवामध्ये आलोक कार्की एक हुन् । अहिलेसम्म सञ्चालनमा रहेको परम्परागत शिक्षा प्रणालीमा परिवर्तन गरी समयानुकुल सार्थक शिक्षा प्रणालीको विकास गरिनुपर्छ भन्ने कुरामा जोड दिने कार्की विर्तामोडस्थित इष्टन इम्पायर होटल म्यानेजमेन्ट कलेजका अध्यक्ष हुन् । यसका अतिरिक्त एसेन्ट (Ascent) एकेडेमी चारपानेका सञ्चालक हुन् भने प्राविधिक विषय शिक्षण गर्ने नेपालभरका संस्थाहरुको छाता संस्था NVIA (नेपाल भोकेसनल इन्स्टिच्युट एलायन्स)–को महासचिवको जिम्मेवारीमा पनि छन् । यिनै जिम्मेवारी सम्हालीरहेका कार्कीसंग शिक्षा क्षेत्रसंग सम्बन्धित रहेर गरिएको कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत गरिएको छः – सं
कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?
– कोरोनाले विश्व नै प्रभावित भएको अवस्था हो । लगभग १५५ देखि १६० वटा देशका शिक्षण संस्थाहरु ठप्प छन् । भर्खरै आएर केहीले खुलाउँदैछन् आ–आफ्नै तरिकाबाट । नेपालमा पनि शैक्षिक शत्रको ६ महिना त्यसै वितिसकेको छ । यो अवधीमा एउटा हिसावले शिक्षाक्षेत्र ठप्प नै छ । तर सरकारले अनलाइन शिक्षालाई पनि मान्यता दिएका कारण कतै कतै आफ्नै बलबुताले अनलाईन कक्षाहरु चलाइएको अवस्था पनि छ । यो परिवेशमा विगत एक/डेढ महिना, दुईमहिना, तीन महिनायता विद्यार्थीले अनलाईन शिक्षा लिएरहेका पनि छन् । तर हाम्रो देशका केही भू–भागहरु यस्ता पनि छन् कि कतिपय ठाउँमा विद्युतकै पनि एकदमै समस्या छ । इन्टरनेटको एक्सेस नै छैन, वाइफाईको त के कुरा डेटाको पनि संभावना छैन । विद्युत नभएका र डेटासमेत नभएका ठाउँका नानीहरु एकदमै समस्यामा छन् । अब यी सबै कुरालाई एकठाउँमा राखेर समीक्षा गर्दा विश्वसहित हाम्रो देशमा प्रि–प्राइमरीदेखि कलेजसम्म सबै तहका विद्यार्थीलाई असर पारेको छ । ६ महिना स्कूल कलेजबाट विद्यार्थी टाढा हुनु भनेको असहज परिस्थिति नै हो । यति लामो समय शैक्षिक संस्था बन्द भएको अहिलेसम्म हामीले कहिल्यै भोग्नु, देख्नु त के सुनेका पनि थिएनौं । यस्तो परिस्थितिको कल्पना सम्मपनि थिएन । बन्द हुन्थ्यो, स्ट्रयाक हुन्थ्यो यतिको जटिलता कहिले पनि देखिएको थिएन ।
अब हाम्रो संस्था इकोहम (ECHOM)–को कुरा गर्दैगर्दा तेस्रो महिना कटेर चौथो महिना लाग्दै गर्दा हामीले अझै यो क्राइसिस केही समय बढेर जाने महसुस ग¥यौ र अनलाइन कक्षा प्रारम्भ गर्यौं । धेरै स्कूलले अनलाईन कक्षा सञ्चालन गर्दैगर्दा धेरै विद्यार्थीहरु सहभागी हुन नसकेको अवस्था पनि बुझियो । तर, हाम्रोमा एकदमै उत्साहजनक सहभागिता रह्यो । अहिलेसम्म हाम्रोमा ८०देखि ८५ प्रतिशतसम्म सहभागिता अनलाइन कक्षामा रहेको छ । यसले हामीलाई उत्साह थपेको छ, खुशी पनि लागेको छ । तीनमहिना पछिदेखि हामीले अनलाईन कक्षा सञ्चालन ग¥यौं । अनलाईन शिक्षामा सबै कुरा त सम्भव हुँदैन, कक्षामा एउटा टिचरको अगाडि बसेर पढ्नु र एउटा स्क्रिन, रेडियो वा टिभिको अगाडि बसेर पढ्नु फरक नै हुन्छ । यद्यपी हुँदै नहुनु भन्दा केही हुनु राम्रो । भनिन्छ नी ‘नहुनु मामा भन्दा कानो मामा जाति ।’ हुन त यसरी नै सधैं जानुपर्छ भन्ने होइन । अप्ठ्यारोमा छौं भने केही न केही उपाय त खोज्नै पर्छ ।
विभिन्न स्कुल कलेजले सञ्चालन गरेको अनलाईन कक्षामा २५ देखि ३० प्रतिशतमात्र सहभागी भएका बेला तपाइहरुकोमा चाहिं ८०/८५ प्रतिशत विद्यार्थी सहभागिता कसरी संभव भयो ?
–तपाईको प्रश्नले यहाँ पढ्ने नै सबै विद्यार्थी सुगम अर्थात शहरी क्षेत्रका मात्रै छन् कि भन्नेतर्फ इङ्गित गरेको हो । तर, त्यस्तो अवस्था होइन । इलामका विद्यार्थी छन्, तर सदरमुकामका मात्र होइन एकदमै विकट ठाउँका विद्यार्थी पनि छन् । त्यस्तै झापाकै पनि बाहुण्डाँगीको माथिल्लो भेगदेखि झापाकै तल्लो भेगका पनि छन् । जस्तो बाहुनडाँगीदेखि भित्र ग्रामीण भेगका विद्यार्थी छन् जहाँ वाईफाईको त कुरै भएन डेटा पनि टिप्दैन । त्यतिमात्र होइन, कतिपय नानीहरुका अभिभावकसंग स्मार्ट फोनसम्म नभएको अवस्था पनि छ । यस्तो अवस्थामा हामीले हाम्रा नानीहरुका अभिभावकसंग इन्डिभिज्युल्ली फोन गर्यौं । ८० प्रतिशत सहभागिता त्यत्तिकै पुगेको होइन, त्यसका लागि मेहनत पनि गरेका छौं । हरेक अभिभावकसंग सल्लाह लियौं । तर हामीले उहाँहरुलाई बुझाउन खोज्यौं । जस्तो दुईदशक अघिसम्म कति टाढासम्म कस्तो बाटो हिडेर स्कूल जानुपर्ने अवस्था थियो, पुल थिएन, बाटो थिएन, डोरीमा झुण्डिएर, ओल्लो डाँडाबाट पल्लो डाँडा हिडेर स्कूल पुग्थे । त्यो बेला हामी आँगनमै स्कूल, घरैमा बाटो खोजेर सम्भव थिएन । त्यस्तै अहिले पनि सबैको घरमा इन्टरनेट, स्मार्टफोन, ल्यापटप सम्भव हुँदैन, सबैलाई इकोनोमिक एक्सेस पनि हुँदैन । तर यस्तो अवस्थामा विकल्प खोज्नुभन्दा अरु उपाय पनि हुँदैन । यस्तो अवस्थामा छिमेकीसंग होला, आफन्तसंग सहयोग माग्दा केही समय चलाउन दिनुस् भन्दा हाम्रो समाज त्यति सारो सहयोगै गर्न नसक्ने त होइन, छैन । हामीले यी सबै समस्या बुझेर, त्यसमा हाम्रो तर्फबाट के सहयोग गर्न सक्छौं समीक्षा गरेर अभिभावकलाई कन्भिन्स गराएर अनलाइन क्लासमा ८० प्रतिशत प्लस राख्न सकेका हौं ।
अनलाइन शिक्षा सञ्चालन, शिक्षक कर्मचारीलाई तलबको ब्यवस्थापन कसरी भइरहेको छ ?
– यो कुरा बुझाउन पनि जरुरी छ । सबभन्दा पहिलो कुरा त एकमुष्ट फि अलमोष्ट कुनै पनि शैक्षिक संस्थाले लिंदैलिंदैन । हामी पनि त्यसरी नै चलेका छौं । विद्यार्थीबाट शुल्क लिने भनेको मासिक वा किस्ताबन्दी नै हो हामी पनि त्यसरी नै लिन्छौं । हामी पनि समस्यामा नै छौं । फरक यति हो कसैले आँसु झारेर देखाउँछन्, कसैले दुःखमा पनि हाँसेर हिंडेका हुन्छन् हामीपनि त्यसैमा छौं । हाम्रो कलेज र स्कूलमा ४० देखि ४५ जना तलवी कर्मचारीहरु छन् । स्कुल र कलेज दुवैको आफ्नो भवन होइन यसको पनि भाडा नै तिर्नुपर्छ, विर्तामोड एरियाको भाडा अवगत नै छ कति चर्को छ भन्ने कुरा । दोस्रो कुरा संस्था चलोस् वा नचलोस् हरेक कर्मचारीको चुलो त बल्नै पर्छ, केही कर्मचारी त यस्ता पनि हुनुहुन्छ, यहाँमात्रै काम गर्नुहुन्छ, यहाँबाट जे आर्जन गर्नुभो त्यही मात्र आयस्रोत हो । यस्तो अवस्थामा हामीले हामी सक्दै सक्दैनौं भन्ने अवस्था पनि विकल्प रहँदैन । तथापि हामीले अहिले सबैलाई पुरै त दिन सकेका छैनौं ।

तर, कर्मचारीको निकट बसेर उहाँहरुको समस्या जटिल हुँदा रिक्वायरमेन्ट अनुसार केही न केही सहयोग गर्दैछौं । संगसंगै घरवेटीहरुलाई पनि यही रिक्वेष्ट गर्र्दैछौं, केही दियौं, केही महिनाको ड्युमै छ, केही महिनाको उहाँहरुले छुट पनि गर्नुभएको छ । फेरि पनि उहाँहरुलाई धन्यवाद । लकडाउनकै भएको ६ महिना भइसक्यो । केही स्यालरी पनि खुवाउँदैछौं भाडा पनि तिर्दैछौं । यसो भन्दै गर्दा र हाम्रो हामी संस्थापकको पाटोबाट सम्झिँदाखेरी हरेक महिना फि समयमै उठ्छ भन्ने हुँदैन, सामान्यतया जाँचको बेला अलि बढी फि उठ्छ । यो पटक जाँच आउनु अगाडि नै लकडाउन भयो । हामी पहिले नै निकै डेफिसेटमा थियौं, यहाँ छ महिना आइसक्यौं, भाडा पनि तिर्दैंछौं, कर्मचारीलाई तलब पनि खुवाउँदै छौं, तर, हामीलाई आयआर्जन छैन, टोटल नेगेटिभमा छौं । तै पनि एउटा भनाई छ ‘मर्ता क्या नही कर्ता’ यस संकटमा जसरी पनि संस्था बचाउनुपर्छ भन्ने मान्यतामा छौं ।
अनलाईन कक्षा सञ्चालनका सन्दर्भमा मैले अघि नै भने केही तलब खुवाइरहेका छौं । यसमा शिक्षक कर्मचारीको पनि सहयोग छ । जसरी अभिभावकले आफू भोकै सुतेर पनि बच्चालाई त खुवाएरै सुताउन चाहन्छ, हामी पनि त्यही अवस्थामा छौं । एउटा समय आउँछ त्यो बेला हामीले पनि रिक्वेष्ट गर्नुपर्छ । त्यो बेला उहाँहरुले पनि बुझिदिनु हुन्छ भन्ने आशा गर्छु । यो समयसम्म हामीले अभिभावकलाई केही पनि भनेका छैनौ । यो कुरा उहाँहरुले पनि बुझ्नु पर्छ, अभिभावकहरुले बुझिराख्नु भएको छ ।
शुरुमा एकैपटकमा सबै विषय अनलाईन कक्षामा पढाउन सम्भव थिएन । नानीहरुमा बानी पनि परेका थिएनन् । तर अहिले विद्यार्थीले पाँचवटै विषय कहिलेदेखि पढाई हुन्छ भनेर सोधिरहेका छन् । यसै हप्तादेखि हामी सबै विषयको अनलाईन कक्षा गराउँदै छौं ।
परीक्षा भयो कि छैन ?
Eaxm हुनुभन्दा हप्ता/दशदिन अगाडिदेखि लकडाउन भयो । त्यसैकारण हामीले फिजीकल्ली भ्बहm लिन सकेनौं । यो एडभान्स डिप्लोमाको कुरा हो । फिजीकल्ली Eaxm लिन नसकेपछि परीक्षा बोर्डबाटै अनलाइन परीक्षा लिइयो । + २ को हकमा त अहिलेसम्म कसैको पनि Eaxm भएको छैन ।
अनलाईन परीक्षा कत्तिको विश्वसनीय हुन्छ ?
– नानीहरु स्कूल कलेजमै आउथे । प्रत्यक्ष परीक्षा दिन्थे । अहिलेसम्मको ट्रेन त्यही थियो । अचानक अहिले घरैमा बसेर परीक्षा दिनुपर्ने भयो । यस्तो अवस्थामा परीक्षामा ऋयउष्म होला कि भन्ने चिन्ता एक पाटोबाट ठिकै हो । तर बुझ्नुपर्ने कुरा चाहिं छ महिना वा एवर्षको परिणाम नै रिजल्ट हो । निश्चित अवधीको ज्ञानलाई उत्तरपुस्किामा लेखेर पाइएको प्राप्ताङ्क हो । विद्यार्थी कति जान्ने, उसको क्यालीवर कति भन्ने कुरा त्यसले निर्धारण गर्ने होइन । विद्यार्थीको क्षमता जाँच्ने परीक्षा एउटा माध्यम हो, तर कम्प्लिट माध्यम होइन । व्यक्तिको क्षमता सधैंभरी एकै प्रकारको हुन्छ भन्ने पनि हुँदैन । A+ल्याएको विद्यार्थी सधैं त्यही स्थानमा रहन्छ भन्ने हुँदैन । मेहनत ग¥यो भने C+ले पनि A+ लाई जित्न सक्छ । सर्टिफिकेट केही समयको Outcome हो । तर,Life को Outcome होइन । हाम्रो एजुकेशन सिष्टमले यस्तो बनाइदिएको छ की– परीक्षामा प्रथम नै हुनुपर्छ । त्यो भएर नानीहरु पनि परीक्षामा पनि फस्ट नै हुने भन्ने मानसिकताबाट हुर्केका छन् । फस्ट लाइफमा हुने हो । परीक्षा निश्चित समयको प्राप्ताङ्क मात्र हो ।
शिक्षा प्रणाली र परीक्षा प्रणाली कस्तो छ ?
– मैले पढेर, देखेर र जे भोगेर आएँ अहिले म त्यहि गर्दैछु । यसो भन्दै गर्दा समाजका भौतिक संरचनाहरु परिवर्तन भए । घरका छाना, रेडियो टि.भी.बाट स्मार्ट फोन हुँदै प्लाज्मा टिभीतिर गइसके, हिजो खुट्टाले हिड्थ्यौ साईकल, मोटरसाइकल हुँदै करोडौंका गाडीमा चढ्ने भएसके मान्छे । यसरी हेर्दा हिजो समाजको बनोट जस्तो थियो, त्यसमा परिवर्तन भएको छ । तर, हाम्रो शिक्षा कहाँ छ ? यसो भनिरहँदा शिक्षा क्षेत्रमा केही भएको छैन होइन । शिक्षाका पनि भौतिक संरचनाहरु परिवर्तन भएका छन्, शिक्षक फेरिए, विद्यार्थी फेरिए, भौतिक संरचना फेरिए । त्यसलाई शिक्षा क्षेत्रको परिवर्तन त मान्न मिल्दैन । मैले यो बोलिरहँदा हुँदै नभएको भन्ने अर्थ नलागोस् । फेरि पनि हुँदै नभएको होइन, तर, सिमित र सेलेक्टिभमा भएको परिवर्तनलाई सम्पूर्ण शैक्षिक परिवर्तन मान्न सकिन्न । दोस्रो कुरा हाम्रो शिक्षा कस्तो हुँदै आयो भने त्भबअजभच पनि ड्युटीमा जाने मात्र हुनु भो, स्कूल गइदिने र निश्चित समय पढाइदिने, विद्यार्थी पनि सुनिदिने, शिक्षकले होमवर्क दिने विद्यार्थीले गरेर ल्याइदिने, अनि स्कूलमा बुझ्न पाएन भने बाबु आमाले ट्युसन पढाइदिने र विद्यार्थीले पढिदिने, यसरी हेर्दा पढिदिने पढाइदिने, गरिदिने, गराइदिने प्रणाली छ । यसमध्ये केही अपवादमा राम्रो मेहनत गरेर पढाउने त्भबअजभच हरु पनि हुनुहुन्छ । तर हामी यहाँ समग्र शिक्षा प्रणालीको कुरा गर्दैछौं, यो एउटा कोषको मात्र कुरा होइन सम्पूर्ण शैक्षिक प्रणालीको कुरा हो ।
विद्यालयमा शिक्षकले नपढाएर नानीहरु खत्तम भए भनिन्छ । त्यो होइन । बालबालिकाको पहिलो शिक्षा घरैदेखि शुरु हुन्छ, घर–परिवारको वातावरणमा भर पर्छ । बच्चाले पारिवारिक इन्भाइरोमेन्टको सिको गरिरहेको हुन्छ । त्यसपछि मात्र बच्चा स्कूल गएर विषयगत शिक्षा लिन थाल्छ । त्यसपछि शिक्षकको आचरण, लवाई, खुवाई, हिंडाई, बोलाईको सिको गर्दै जाने हो । बच्चाले किताव र कितावमा लेखेका कुरा खाने होइन । जसरी घरको वातावरणमा सिकेको हुन्छ त्यसरी नै स्कूलमा पनि सिकाई अभ्यास गर्दै जाने हो । एउटा नानीले किताब बाहिर पनि धेरै कुरा सिकेको हुन्छ–जुन पढाई होइन । सिकाई (एडजब्सन) हो । हामी किताबको ज्ञानलाई मात्र पढाइ मान्छौं । अब यस्तो पढाउने शैली फेरिनुपर्छ । ‘एप्लाइड स्टडिज एप्लाइड टिचिङ’ हुनुपर्छ । थ्यौरीकल पढाईसंगै त्यसको प्राक्टिकल इम्प्लिमेन्टेसन खोजिनु पर्छ । अब खाली ए प्लस बीको होल स्क्वायरको फर्मुला सोधेर मात्र हुँदैन । त्यसको इम्प्लिमेन्टेसन कहाँ छ ? खोज्न सिकाउनुपर्छ । खाली पढाइदिने र पढिदिने ड्युटीले उपलब्धी दिन सक्दैन । ज्ञानका लागि पढ्नुपर्छ । जाँच भनेको सर्टिफिकेट हो तर, सर्टिफिकेट ज्ञान होइन । त्यसका लागि शिक्षकहरु रुपमा नभइ पढाईको प्रस्तुती शैली, विषयवस्तुमाथिको दक्षता, बच्चालाई आकर्षक गर्न सक्ने क्षमता भएको हुनुपर्छ–जबकी नानीहरुलाई क्लासमा जाउँ जाउँ लागोस् । बच्चाहरु शिक्षकका लागि, साथीका लागि बुबा आमाका लागि स्कूल कलेज जाने होइन, ज्ञानका लागि जानुपर्छ भन्ने हुनुपर्छ ।
किताब भन्दा अरु पढाइ नै होइन भन्ने मान्यताले सर्टिफिकेटलाई मात्रै आर्जन मान्ने चलन छ हामीकहाँ । बच्चामा रहेको अरु क्षमता र रुचीलाई उपलब्धि मान्ने सोच नै छैन । त्यसलाई ब्रेकडाउन गर्न जरुरी छ । अब कितावमा मात्र गरेको प्रगतिले हुँदैन । उनीहरुको रुची, क्षमता अनुसार सिष्टमेटिक तरिकाले फिजिकल एक्टिभिटिज, स्पिच लगायतका विषयहरुलाई पनि सिष्टमेटिक तरिकाले विषयबस्तु बनाएर अघि बढाउनुपर्छ । हरेक बच्चामा रहेको क्षमता खुट्याउन सक्नुपर्छ । यो कुरालाई ‘वर्क आउट’ गर्नुपर्छ । खाली नानीहरुलाई स्मार्ट बन भनेर मात्र हुँदैन, स्मार्ट बन्ने तौरतरिका सिकाउनु पर्छ । अनिमात्र हाम्रा नानीहरुले विश्वमा प्रतिष्पर्धा गर्न सक्छन् । इकोहममा यी कुराहरुलाई समावेश गरेका छौं । पढाइमा फस्ट हुनु राम्रो हो । तर, सबै कुरा त्यो होइन । भोली उ कहाँ पुग्ने, कसरी पुग्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
विद्यार्थीलाई बाहिर पनि पठाउने गर्नुभएको छ ?
– इकोहममा दुईवटा फरक धार छन् । यहाँ +२ एनविडि (नेपाल एजुकेशन बोर्ड) बाट पढाइ हुन्छ । अर्को एडभान्स डिप्लोमा, यसमा स्कटिज क्वालिफिकेसन अथोरिटीज मातहतबाट सर्टिफिकेट प्राप्त हुन्छ । यी दुईधारमध्ये कक्षा ११/१२ सरकारले जुन नीति नियम राखेको छ, त्यही अनुसार चल्छ । ११/१२ सकेपछि विद्यार्थीहरु फरदर स्टडिजका लागि तयार हुन्छ । हाम्रोमा +२ र एडभान्स डिप्लोमामा हुने विषय मिल्छ । एडभान्स डिप्लोमामा थ्यौरी र प्राक्टिकल दुवै पढाइ हुन्छ । १५ महिना थ्यौरी र प्राक्टिकल पढाइसकेपछि विद्यार्थीलाई नेपाल–भारतका चारे होटलदेखि विभिन्न देश (दुवई, बहराइन, न्यूजिल्याण्ड, माल्दिभ्स, चाइना ६ महिना तालिमका लागि पठाउँछौं । त्यो तालिम सकेपछि कति सर्टिफिकेट आउँछ । र अर्कोतिर प्रक्रिया अघि बढाउँछन् । कति फरदर स्टडिजमा पनि लाग्छन् । ६ महिना तालिम सकेर आएका नानीहरुको हकमा भने जागिर (Job) का लागि हामीले जोड्ने (पुल)को काम गर्छौं । किनकी उनीहरुसंग होटलको लिंङ्क हुँदैन । हामीसंग लिङ्क हुन्छ । तिनैमध्ये पनि कतिले उतै कन्ट्याक अवधी बढाएर बस्छन् भने विद्यार्थीको क्यापासिटी विचार गरेर कलेजले डाइरेक्ट २ वर्षका लागि जबमा पठाएको अवस्था पनि छ । समग्रमा एडभान्स डिप्लोमा कोर्ष यस्तो कोर्ष हो प्राक्टिकल नलेज (भोकेसनल ट्रेनिङ लिएर) पनि घर चलाउँछु परिवार धान्छु, भन्नेले आय आर्जन गर्न सक्छ । जब गर्दागर्दै माथिल्लो तहको पढाईलाई निरन्तरता दिन्छु भन्नेका लागि पनि सहज छ ।
इकोहमका नया“ योजना पनि केही छन् कि ?
–यो वर्षदेखि हामी डवल कोर्ष शुरु गर्दैछांैं । +२ र एडिएचएमको क्लास एकैचोटी हुन्छ । +२ मा पनि होटल म्यानेजमेन्ट नै हो । धेरैजसो विषय मिल्छ । एक/दुई वटा एक्स्ट्रा विषय समायोजन गर्दा एउटै कक्षा कोठामा बसेर दुवै विषय पढिसक्न पाउँछन् । यसले एक त समयको सदुपयोग भयो । अर्को चाँहि सिधैं जागिरमा लाग्ने बाटो खुल्छ । +२ ले मात्रै इन्टरनेशनल परिवेशमा ‘जब’ पाउने संभावना कम हुन्छ । तर ADHM गरेपछि सहजै जब पाउन सकिन्छ । यसले उनीहरु आफैं इन्डिपेन्डेन हुन्छन् । काम गर्दै आफैं खर्च जुटाएर पढ्न सक्छन् । अमेरिका, अष्ट्रेलिया जहाँ गएपनि भौतारिनु पर्दैन । पढ्नका लागि आर्थिक व्यवस्थापनको चिन्ता पनि कसैलाई भएन ।
कति विद्यार्थी बाहिर गए वा यहीं रोजगार भएका छन् ?
–यहाँ पढाइ सकेर विद्यार्थी जाने बाहिर नै हो । कोर्ष सकेर तालिमका लागि बाहिर नै जान्छन् । कति उतै बस्छन् कति फर्किन्छन् । कति आएर रि प्रोसेस गरेर हामी मार्फत नै जान्छन् । लगभग २०० विद्यार्थी बाहिर गइसकेका छन् । यो लकडाउनले कति फर्केर पनि आए । तर, खुशीको कुरा नै भन्नुपर्छ–निन्दा पूर्वमा खुलेको तारे होटलमा ५० प्रतिशत स्टाफ यहाँ पढेका स्टुडेन्ट छन् । यो हाम्रा लागि खुशीको कुरा हो ।