Home समाचार कनकाई–९ का एकको कोरोना संक्रमणबाट मृत्यु, पसल तथा वित्तिय कारोबार बन्द

कनकाई–९ का एकको कोरोना संक्रमणबाट मृत्यु, पसल तथा वित्तिय कारोबार बन्द

सुरुङ्गा । कनकाई नगरपालिकामा अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नं ९ का ४४ वर्षिय पुरुष रहेको बताइएको छ । ती पुरुषको हिजो (शनिवार) पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । केहि दिनदेखि अवस्थ ती व्यक्तिलाई हिजो अपरान्ह्र निकै विरामी भएपछि उपचारका लागि बिराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
आदर्श विद्या मन्दिर घैलाडुब्बाका कर्मचारी रहेका ती संक्रमित केही दिनदेखि अस्वस्थ्य रहेका थिए । मृत्युपछि प्रहरीले संक्रमितको घर सिल गरेको छ ।
संक्रमितको शवलाई व्यवस्थापन गर्न नेपाली सेनालाई खबर गरिएको वडाध्यक्ष प्रेम राजवंशीले बताए । योसँगै कनकाईमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संंख्या दुई पुगेको छ भने झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
कोरोना संक्रमणबाट मृत्यु भएसंगै कनकाई नगरपालिका वडा नं.– ९ शिल गर्ने निर्णय गरेको छ । अत्यावश्यक सामग्री खरिद गर्न जाँदा स्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न आग्रह वडाध्यक्ष राजवंशीले आग्रह गरेका छन् । साथै नगरक्षेत्रका पसल तथा वित्तिय कोरोबार समेत बन्द रहने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कनकाई–९ का एकको कोरोना संक्रमणबाट मृत्यु, पसल तथा वित्तिय कारोबार बन्द

Most Popular

Recent Comments