Home समाचार गोरु काटेर खाएको आरोपमा अर्जुनधाराबाट ३ जना पक्राऊ

गोरु काटेर खाएको आरोपमा अर्जुनधाराबाट ३ जना पक्राऊ

झापा । झापाको अर्जुनधारा–५ स्थित बैसाबारी बस्ने तिन जना गोरु काटेर खाएको आरोपमा पक्राउ परेका छन । पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल,२७ बर्षीय विर बहादुर दनुवार र अर्का बर्ष २७ कै टिकाराम दनुवार रहेका छन ।


आज शनिबार बिहान ८ बजे उनीहरुले गोरु काटेर खाई गोरुको टाँउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको भनि स्थानीयले प्रहरी चौकी शनिश्चरेमा खबर गरेका थिए ।
स्थानीयको सूचनाका आधारमा गएको प्रहरीले उनीहरुले गोरुको टाउको र खुट्टा फेला परेसंगै तीनै जनालाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय अनामनीले जनाएको छ । नियन्त्रणमा लिएका तिनैजनालाई कानुनी कारबाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार गोरु काटेर खाएको आरोपमा अर्जुनधाराबाट ३ जना पक्राऊ

Most Popular

Recent Comments