झापा । ५ दिन अघि काठमाडौंबाट झापाको विर्तामोड–५ स्थित मावली घर आएकी १३ वर्षीया कृतिका भण्डारीको छतबाट लडेर मृत्यु भएको छ ।
विहिबार बेलुका १० बजे खाना खाइसकेपछि घरको छतमा गएर बसेकी उनी छतबाट तल हेर्नेक्रममा लडेर गम्भिर घाइते भएकी थिइन् । चारतला माथिको छतबाट खस्दा गम्भिर घाइते भएकी कृतिकाको उपचारका लागि लाँदा लाँदै बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मावल आएकी कृतिकाको छतबाट खसेर मृत्यु
