Home समाचार सयपत्रीमा यामाहाको जेडआर स्कूटर

सयपत्रीमा यामाहाको जेडआर स्कूटर

विर्तामोड । यामाहा कम्पनीको नयाँ स्कुटर रे जेडआर १२५ एफआइ विर्तामोडमा सार्वजनिक गरिएको छ । यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंकले नयाँ स्कुटरको बिक्री खुला गरेको हो ।
एक कार्यक्रमका बीच बिहीबार राष्ट्रिय कलाकार विल्सन विक्रम राई, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र सयपत्री ट्रेड लिंकका सञ्चालक विनोद बस्नेतले संयुक्त रुपमा स्कुटरको सार्वजनिका गरेका थिए । स्कुटरको बजारमूल्य दुईलाख ५४ हजार नौसय रूपैयाँ रहेको छ ।
सञ्चालक बस्नेतले नयाँ रे जेडआर १२५ एफआइमा मेजर रिफाइनमेन्टहरु गरिएको सेग्मेन्टकै सबैभन्दा छिटो पिकअप लिने स्कुटर भएको बताए । जसले मात्र ७ दशमलव ५९ सेकेन्डमा ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्ने उनले जनाकारी दिए ।
साथै, यो स्कुटरको माइलेज पनि सबैभन्दा बढी ५८ किलोमिटर प्रतिलिटर रहेको छ । अन्य फिचरहरु पनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट बनाइएको कम्पनीको दाबी छ । यसमा १२५ सिसीको बिएस ६ कम्प्ल्यान्स यामाहामा प्याटेन्डेड ब्लुकोर एफआइ प्रविधिसहितको इन्जिन लगाइएको छ ।
अंग्रेजी अक्षर ‘वाइ’ आकारको नयाँ एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्टअपको लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टम जस्ता आधुनिक र सुविधाजनक फिचर रहेका छन् ।यसको वजन ९९ केजी मात्र रहेको छ जसले यसलाई १२५ सिसी स्कुटर सेग्मेन्टको सबैभन्दा हलुकको स्कुटर बनाएको छ । यामाहा नेपालमा बीएस ६ मोडेलको उत्पादन भित्र्याउने एउटै मात्र दुई पांग्रे ब्रान्ड हो ।यदि कसैले बेस्ट इन क्लास फिचर र पछिल्लो उत्सर्जन मापदण्डमा आधारिक सबैभन्दा राम्रो स्कुटर किन्न चाहनुहुन्छ भने नयाँ यामाहा रे जेडआर १२५ एफआइ सबैभन्दा उत्तम विकल्प हुने बस्नतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सयपत्रीमा यामाहाको जेडआर स्कूटर

Most Popular

प्रदेश–१ का जेठा सांसदलाई कोरोना

झापा १४ कात्तिक। प्रदेश–१ मा सबैभन्दा जेठा सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा...

निजी अस्पतालका बेडबारे डिडिएमसीले अनुगमन गर्ने

झापा १४ कात्तिक । जिल्ला स्थित कोरोना संक्रमण व्यवस्थापन तथा न्यूनिकरण समिति (डिडिएमसी)ले सरकारले तोके अनुसार निजी अस्पतालले कोरोना संक्रमणका लागि...

पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई कोरोना

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई...

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

Recent Comments