Home समाचार कोरोनाबाट २४ घण्टामा १ हजार ४९७ मा संक्रमण, १७ को निधन

कोरोनाबाट २४ घण्टामा १ हजार ४९७ मा संक्रमण, १७ को निधन

झापा । पछिल्लो २४ घण्टामा ११ हजार ४५५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४९७ जनामा कोरोना पोजेटिभ देखिएको छ भने यो अवधीमा ४५७ जना उपचारपछि घर फर्केका छन् ।
कोरोना संक्रमण शुरु भएयता अहिलेसम्म कै सबै भन्दा बढी पछिल्लो २४ घण्टामा १७ जनाले ज्यान गुमाएका छन । प्रदेश–१ का झापा, मोरङ, सुनसरी सहित १२ जिल्लाका ५ महिलासहित १७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी अद्याधिक विवरणमा जनाइएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी अद्याधिक विवरणमा जनाइएको छ ।
यो अवधीमा ज्यान गुमाउने मध्ये ४ जना ८० वर्ष माथिका छन् भने ५ जना ७० वर्ष माथि, ६० वर्ष माथिका २ जना रहेका छन् । त्यस्तै ५० वर्ष माथिका बाँकी ३० वर्ष उमेर समूहदेखि माथिका रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कोरोनाबाट २४ घण्टामा १ हजार ४९७ मा संक्रमण, १७ को निधन

Most Popular

प्रदेश–१ का जेठा सांसदलाई कोरोना

झापा १४ कात्तिक। प्रदेश–१ मा सबैभन्दा जेठा सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा...

निजी अस्पतालका बेडबारे डिडिएमसीले अनुगमन गर्ने

झापा १४ कात्तिक । जिल्ला स्थित कोरोना संक्रमण व्यवस्थापन तथा न्यूनिकरण समिति (डिडिएमसी)ले सरकारले तोके अनुसार निजी अस्पतालले कोरोना संक्रमणका लागि...

पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई कोरोना

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई...

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

Recent Comments