Home साहित्य मास्कले मेटायो बृद्धबाको भोक प्यास सदासदाका लागी

मास्कले मेटायो बृद्धबाको भोक प्यास सदासदाका लागी

रुकु खनाल मिश्र

थाह छैन वहाँको जवानी कसरी बित्यो । तर, चोकका चिया पसलहरुमा खप्पीस चिया गफाडी बाबा गफगाफ रमाईला सुनिने गरिन्थ्यो । यसो उसो गफ गर्न चोक निस्कँदा बृद्धबालाई कसैले चिया किनीदिन्थे । कसैले पैसा दिने गर्थे । चियाको तलतल कसैन कसैले मेटाई दिन्थे ।
दिनभर चिया गफमा लठ्ठ भयो र घर फर्किनमा बाको दिन बित्दै थिए । अचानक विश्वलाई आक्रान्त पार्ने गरी कोरोना भाइरसले मानव जिवनमा मृत्युको त्रास फैलाउन थाल्यो । सामान्य तबरले चल्दै गरेका व्यापार व्यवसाय विस्थापित हुँदै गए । कतै कारोना संक्रमितहरुको मृत्यु हुन थाल्यो कतै भोकले मर्न थाले । कोरोनाले नेपाल र नेपाली समाजलाई पनि साह्रै कष्टकर बनाइदियो


मुलुक लकडाउनको त्रासले अन्धकार झैं बनायो । बिचरा संधैं अर्काको आशामा २/४ कप चिया पिउने, पाउँदा पेटभरी खाने, कसैले नदिए पटुकीले पेट कसेर निदाउने ति बृद्ध बालाई के थाहा की कोरोना भाइरसको संक्रमणबाट बाँच्न घरभित्र बस्दा जीवन सुरक्षित बन्छ भन्ने ।
२ छाक टार्न नसक्ने बृद्ध बालाई सहयोगी हातहरुले २ छाक खुवाए पनि चोकमा पाइने तातो चिया र आफ्ना गफ सुनिदिने साथीहरुको तलतलले भने छोड्दै छोडेन् ।
एकदिन जे सुकै होस भनेर कसैको कुरा नसुनी बा चियाको तलतल मेटाउन पुरानो चोकतिर आउछन् । लकडाउनले सुनसान चोक न त त्यहाँ पुरानो चिया पसल देख्छन् न त देखिएका मानिसहरु चिन्न सक्छन् । सबैको मुखमा मास्क हुन्छ । मास्क नलगाएका बालाई छेउछाउका मानिसहरुले मास्क लगाउन दवाव गर्छन् । एकातिर बालाई तातो चियाको चुस्कीको याद छ । अर्कोतिर मास्क लगाउने दवाव बाको पेट भने जस्तो अगाएको छैन । गोजीमा धेरै दिनदेखि साँचिएर रहेको एक कप चिया किन्ने १० रुपैयाँ रहेछ । छेऊको पसलमा गएर मास्क किन्न खोज्छन् मास्कको मूल्य पनि ठ्याक्कै १० नै छ । विचरा बाको तातो र अनि मिठो चिया पिऊ र प्यास मेटाउ भन्ने योजना मास्कले सदासदाका लागि बन्द गरिदिन्छ
विर्ताबजार, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

साहित्य मास्कले मेटायो बृद्धबाको भोक प्यास सदासदाका लागी

Most Popular

Recent Comments