Home समाचार दुवै मिर्गौला खराब भएका बुद्धराजको उपचारमा सहयोग गर्न आग्रह

दुवै मिर्गौला खराब भएका बुद्धराजको उपचारमा सहयोग गर्न आग्रह

विर्तामोड । दुवै मिर्गौला फेल भएका विर्तामोड नगरपालिका वडा नं.–६ का बुद्धराज लिम्बूले उपचारमा सहयोग गर्न आग्रह गरेका छन् ।
कमजोर आर्थिक अवस्था भएका कारण उपचार खर्च जुटाउन नसक्दा उपचारबाटै बञ्चित हुनुपरेको उनले बताए ।
दुवै मिर्गौला फेल भएपछि गत असारदेखि थला परेका ३५ वर्षीय बुद्धराजको उपचार खर्च जुटाउन बुद्धराज लिम्बू बचाउ अभियान सञ्चालन गरिएको छ ।
रोहित लिम्बूको संयोजकत्वमा गठित समितिले झण्डै एकमहिनाको अवधीमा नौलाख बढी रुपैयाँ सहयोग जुटाएपनि उपचारका लागि उक्त रकम पर्याप्त नहुनेभएपछि अभियानका संयोजक रोहित लिम्बूले पनि सहयोगका लागि अपिल गरेका छन् ।
दुई सन्तानका बाबु बुद्धराजलाई उनकी श्रीमती पिङ्कीले मिर्गौला दिने भएपनि ट्रान्सप्लान्ट गर्नु पहिले र त्यसपछि लाग्ने खर्चका लागि पीडित र अभियानका संयोजक दुवैले सहयोगका लागि अपिल गरेका हुन् ।
बुद्धराजको हाल विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा डाइलाइसिस भइरहेको बताइएको छ । कमजोर आर्थिक अवस्था भएका बुद्धराजको नियमित डाइलाइसिस पनि संकलित रकमबाट हुँदै आएको अभियानकी कोषाध्यक्ष फुलमाया शेर्पाले बताउनु भयो । उनको उपचारमा लगभग ३० लाख रुपैयाँ लाग्ने चिकित्सकको भनाई उद्धृत गर्दै बुद्धराजले बताएका छन् ।
सहयोग गर्नका लागि विर्तामोड स्थित गरिमा विकास बैंक लिमिटेडमा रहेको खाता नं.–०५२०१९००८३६७७००००००१ मा रकम जम्मा गर्न सकिनेछ भने सहयोग गर्नका लागि ९८१५९०४९४४ र (९८२४३९३४०)–मा सम्पर्क गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार दुवै मिर्गौला खराब भएका बुद्धराजको उपचारमा सहयोग गर्न आग्रह

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments