Home समाचार बिरिङमा झोलुङ्गे पुल

बिरिङमा झोलुङ्गे पुल

शनिश्चरे । अर्जुनधारा नगरपालिका वडा नं.–५ र ७ स्थित मदनपुर–लक्ष्मीपुर सडक जोड्ने डिएमसी विरिङ खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।
स्वीस सरकारको सहयोगमा संघीय सरकार अन्तरगत डोलीडारबाट एककरोड २० लाख रुपैयाँको लागनीमा निर्माण गरिएको पुल १६२ मिटर लम्बाई र साढे चारफिट चौडाई र उचाई ५ मिटर रहेको छ ।


२०७५ साल माघमा शिलान्यास गरिएको पुलको यही असोजमा समुद्घाटन गर्ने तयारी अनुसार निर्माण कार्यलाई तीब्रता दिइएको स्थानीय केदार पराजुलीले जानकारी दिनुभयो ।
विश्वमा फैलिएको कोरोना महामारी जोखिम संक्रमणका कारण पुल निर्माणमा केही ढिलाई भएको बताइएको छ ।
वर्षातमा वर्षेनी आवत–जावतको समस्या झेल्दै आएका स्थानीय पुल निर्माणसंगै हर्षित भएका छन् । पुल निर्माणसंगै आवागमनमा सहज भएपछि सो क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गरिने भएको छ । पुल निर्माण भएपछि अर्जुनधारा नगरक्षेत्रका वडा नं.–४,५ र ७ स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेदेखि नै पुल हेर्ने र सेल्फी खिच्नेहरुको समेत भीड लाग्न थालेको स्थानीयले बताएका छन् । नेपालमा बनेका अधिकांश झोलुङ्गे पुल निर्माणका लागि स्वीस सरकारले सहयोग गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार बिरिङमा झोलुङ्गे पुल

Most Popular

Recent Comments