Home समाचार निर्मलाले जन्माइन ३ बच्चा, आमा र बच्चा दुवै स्वस्थ

निर्मलाले जन्माइन ३ बच्चा, आमा र बच्चा दुवै स्वस्थ

झापा । झापा मेचीनगर–९ की एक महिलाले ३ वटा बच्चा जन्माएकी छन् ।
मेचीनगर–९ की निर्मला विष्ट रिजालबाट आइतबार विर्तामोडस्थित मनमोहन हस्पिटलमा पहिलो सन्तानका रुपमा २ छोरा र १ छोरी जन्मिएको मनमोहन हस्पिटलका सञ्चालक समिति सदस्य डिआर कडरियाले जानकारी दिए । सामान्तया ३६ हप्तामा बच्चा जन्मने भएपछि निर्मलाको ३५ हप्तामै अप्रेसन गरी बच्चा निकालिएको बताइएको छ ।
आइतबार अपरान्ह्र जन्मिएका तीनवटै बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको मनमोहन हस्पिटलका एनएसथेसिया असिस्टेन अमरदीप यादवले जानकारी दिए । ६ वर्षदेखि मनमोहन हस्पिटलमा एनेसथेरियामा कार्यरत यादवले तीनवटा बच्चा जन्मिएको पहिलो भएको बताए ।
तीनबच्चा मध्ये दुई छोरामा १ केजी ९ सय ग्राम र अर्काको १ किलो ६ सयग्राम रहेको बताइएको छ । छोरीको तौल भने २ किलो रहेको बताइएको छ ।
महिला डा.एकराज गौतम नेतृत्वको चिकित्सक टोलीले लगभग डेढघण्टा समय शल्यक्रियामार्फत बच्चा निकालिएको हो । जानकारहरुका अनुसार ७० देखि ८० हजारमध्ये एक÷दुई जनामा तिनवटा बच्चा जन्मने बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार निर्मलाले जन्माइन ३ बच्चा, आमा र बच्चा दुवै स्वस्थ

Most Popular

Recent Comments