Home समाचार नेपाल पत्रकार महासंघ १ नं. प्रदेश आफ्नै भवनमा

नेपाल पत्रकार महासंघ १ नं. प्रदेश आफ्नै भवनमा

विराटनगर । स्थापनाकालदेखि नै भाडामा बस्दै आएको नेपाल पत्रकार महासंघ–१ नं. प्रदेश समितिको कार्यालय आज (शनिबार) देखि आफ्नै नवनिर्मित भवनमा सरको छ । विराटनगर–५ मा बन्दै गरेको भवनमा संविधान दिवसको अवसर पारेर शनिबार आफ्नै नवनिर्मित भवनमा कार्यालय सारिएको हो ।
प्रदेश सरकारको सहयोग तथा विराटनगर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरि कार्यालय सारिएको पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष बिक्रम लुईँटेलले जानकारी दिनुभयो । चारतले भवन निर्माण गर्ने लक्ष्य राखेर निर्माण प्रारम्भ गरिएको भवन निर्माणाधिन अवस्थामै छ ।
महानगरपालिकाले उपलब्ध गराएको एककठ्ठा जमिनमा एककरोड लागतमा भवन सम्पन्न गर्ने योजना रहेको महासचिव विवेक गौतमले जानकारी दिनुभयो । महासचिव गौतमका अनुसार हालसम्ममा लगभग ७३ लाख रुपैयाँ खर्च भइसकेको छ ।
मुलुक संघीयतामा गएसँगै संघीय संरचना अनुसार प्रदेश समिति गठन गरेको महासंघका ७ भुगोल र ३ विषेश प्रदेश समितिमध्ये आफ्नै भवन बनाउने प्रदेश समिति १ नंं. पहिलो हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार नेपाल पत्रकार महासंघ १ नं. प्रदेश आफ्नै भवनमा

Most Popular

प्रदेश–१ का जेठा सांसदलाई कोरोना

झापा १४ कात्तिक। प्रदेश–१ मा सबैभन्दा जेठा सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा...

निजी अस्पतालका बेडबारे डिडिएमसीले अनुगमन गर्ने

झापा १४ कात्तिक । जिल्ला स्थित कोरोना संक्रमण व्यवस्थापन तथा न्यूनिकरण समिति (डिडिएमसी)ले सरकारले तोके अनुसार निजी अस्पतालले कोरोना संक्रमणका लागि...

पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई कोरोना

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई...

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

Recent Comments