Home साहित्य ‘सत्यको गहिराई’

‘सत्यको गहिराई’

लिलाबल्लभ नेपाल

मलाई मर्न डर कहाँ लाग्छ र अचेल,
म त बहादुरहरुको शहरमा जन्मिएको मान्छे,
यहाँ त ज्ञानीको ज्ञान पनि लुटिन्छ रातारात,
दुर्जनहरुले सज्जनको माला लगाउँछन् यहाँ,
मलाई माफ गर्नु आमा तपाईंले सोचेको
सज्जन छोरो बन्न सकिन यो दुर्जनहरुको भीडमा ।

मेरो सबै ज्ञान थिलथिलो बनाई सकिएको छ आमा,
म त टुक्रा टुक्रामा टुक्रिएको जीन्दगी जिइरहेछु,
मेरो जीवन साँघुरो पर्खालले चारैतिर घेरिएको छ,
मेरा शब्दहरुलाई फलामे जन्जिरले कसिएको छ,
जहाँ म अथक प्रयास गरिरहेछु सत्यको गहिरार्इ खोज्न ।

हजुरले मेरो माथमा दिएको आशिर्वाद लुटिएको छ आमा,
मेरा पौरखी हातहरु कहिल्यै नचल्ने गरी बाँधिएका छन्,
असत्य कुण्ठाले मलाई निरन्तर डोर्याइरहेको,
कहिल्यै नभेटिने डरलाग्दो भुमरीमा हराएको बाटो सँग ।

म सधै चिन्तित छु आमा तपाईको आस्था नडग्मगा वस्,
म मेरो स्वतन्त्रताको स्वर्ग कहिले प्राप्त गरुँला,
यो त चण्ड मुण्डहरुले चलाएको शहर रहेछ,
त्यसैले त मलाई मर्न डर लाग्दैन अचेल,
म त वीरहरुको शहरमा जन्मिएको मान्छे,
जोगाउँनु छ मेरो शहर तिनै वीरहरुको पञ्जाबाट । विराटनगर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

साहित्य ‘सत्यको गहिराई’

Most Popular

Recent Comments