Home समाचार कर तिर्ने व्यवसायीलाई राज्यले नहेरेको व्यवसायीको गुनासो

कर तिर्ने व्यवसायीलाई राज्यले नहेरेको व्यवसायीको गुनासो

विर्तामोड । झापाका उद्योगी तथा निजी क्षेत्रका प्रतिनिधिले सरकारलाई नागरिक आचार संहित तत्काल जारी गर्न सुझाव दिएका छन् । अब कुनै पनि ब्यापार ब्यवसाय बन्द गर्ने अवस्था नरहेको भन्दै यस्तो अवस्थामा नागरिकले पालना गर्नुपर्ने नियम सम्बन्धि आचार संहित तत्काल लागू गर्नु पर्नेमा जोड दिएका हुन् ।
संवाद समूह भापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रका ब्यवसायीले अब बन्दको विकल्प खोज्न जरुरी रहेको बताए । कोभिड–१९ ले व्यपार व्यवसायमा पारेको प्रभाव, समाधानका उपाय र आम नागरिकको स्वास्थ्य सुरक्षा विषयक छलफल कार्यक्रममा बोल्दै मेची डिस्ट्ब्युटर एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापाले अब कोरोना भाईरसबाट बच्ने र अप्नाउनु पर्ने सावधानी अप्नाउँदै ब्यापार ब्यवसाय सञ्चालन गर्नुपर्ने बताए । कोरोना भन्दा आत्महत्या र डिप्रेसनको समस्या भयावह बनेका भन्दै यो विषयमा सरकारले बेलैमा सोच्नु पर्नेमा जोड दिए । अनावश्यक हिड्डुल बन्द गनुपर्ने भन्दै अब ग्राहक र ब्यवसायी दुवै सचेत बन्नुको विकल्प नभएको बताए ।
भmापा उद्योग संघका अध्यक्ष टिकराज ढकालले कोरोनाका कारण ब्यापार ब्यवसाय बन्द हुदाँ आर्थिक मन्दि शुरु भएको बताए । यो अवस्थामा सरकारले आर्थिक सहयोग गरेर ब्यवसायीहरुलाई आफ्नो ब्यवसायमा प्रोत्सहन गर्नुपर्नेमा जोड दिए । अब क्रेता र विक्रेता आफैं सचेत बन्दै ब्यवसाय सञ्चालन गर्नुको विकल्प नरहेको उनको भनाई छ । उनले आवश्यक सावधानी अपनाउन ठाँउ–ठाँउमा हातधुने ब्यवस्था गर्नुपर्नेमा जोड दिए ।
नेपाल चेम्बर केन्द्रिय सदस्य राजेन्द्र घिमिरेले उद्योग ब्यवसाय खोल्दा आवश्यक सुरक्षा मापदण्डको पालना गर्नुपर्ने बताए । नागरिक आफैंले आचारसंहिता बनाएर पालना गर्नुपर्ने भन्दै उनले नीजि क्षेत्रले आफैं आवश्यक सावधानी अपनाएर उद्योग ब्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
विर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बलराम कार्कीले व्यापार ब्यवसाय ठप्प भएको ६ महिना भन्दा धेरै भएकाले अब आवश्यक सुरक्षा मापदण्ड अपनाएर ब्यवसाय सञ्चालनको विकल्प नरहेको धारणा ब्यक्त गरे । ब्यापार ब्यवसाय ठप्प हुँदा धेरैले रोजगारी समेत गुमाउनु परेको र केहि ब्यवसायी आफ्नो ब्यवसायबाटै पलायन हुनुपर्ने अवस्थामा पुगेकाले राज्यले यस तर्फ तत्काल ध्यान दिनुपर्नेमा जोड दिए । सरकारले यो समयमा कर छुट दिनुपर्ने भन्दै उनले अब नागरिक आफै सचेत बन्नुपर्ने उल्लेख गरे ।
नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीले श्रमिक, मजदुरहरुको स्वास्थ्यको विषयमा उद्योगीहरु सचेत बन्नुपर्नेमा जोड दिए । उनले बन्दको विकल्प खोजेर सुरक्षित रुपमा ब्यापार व्यवसाय सञ्चालन गर्नु भन्दै आवश्यक सावधानी अपनाएर अघि नबढे मजदुरहरु झनै समस्यामा पर्ने बताए । उनले पीसीआर परिक्षणको दायरा बढाउन सरकारसंग माग गरे ।
ट्राभल एजेन्टका शेखर ढकालले असोज ५ गतेबाट आन्तरिक रुपमा हवाई उडान गर्ने भएकाले ट्राभल व्यवसायीले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर सेवा सञ्चालन गर्ने बताए । उनले बालबालिका र वृद्धवृद्धालाई यात्रा नगर्न आग्रह गर्दै आवश्यक काम बाहेक नहिड्न अनुरोध गरे । हवाई यात्रालाई सुरक्षित बनाउन आफुहरु तयार रहेको उनको भनाई छ ।
महिला चेम्बर झापाकी अध्यक्ष प्रेमा भट्टराईले कोरोनाका कारण ब्यवसायीहरु समस्यामा परेको उल्लेख गरिन् । उनले विशेष गरेर महिलाहरुले सञ्चालन गरेको ब्यवसाय झनै धरासायी बनेको र यो समयमा घरधनी र बैंकको ब्याजका कारण कसरी रकम जोहो गर्ने समस्यामा महिलाहरु पुगेको बताइन् । उनले सरकारले महिलाले सञ्चालन गरेको ब्यापार ब्यवसायलाई प्रर्वधन गर्न विशेष नीति ल्याउनु पर्नेमा जोड दिइन् ।
आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर ब्यापार ब्यवसाय सञ्चालन गर्नुपर्ने र अब बन्द गरेर बस्न नसक्ने होटल ब्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलको भनाई छ । लामो समयसम्म होटल ब्यवसाय बन्द हुदाँ धेरै ब्यवसायीहरु ब्यवसायबाटै पलायन हुने अवस्थामा पुगेको र झापाका २० हजारबन्दा बढी मजदुरहरु बेरोजगार अवस्थामा बस्नु परेको बताए । उनले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर खोल्नुको विकल्प आफुहरुसंग नरहेको बताए ।
प्याब्सन झापाका हरिकृष्ण पाठकले लामो समयसम्म शैक्षिक क्षेत्र बन्द हुँदा शिक्षक र विद्यार्थी दुवैलाई समस्या भएको बताए । पठन–पाठन बन्द हुँदा झापाका मात्रै ४० हजारभन्दा बढी विद्यार्थी अन्योलमा रहेको र कसरी शैक्षिक सत्रलाई अघि बढाउने भन्ने विषयमा छलफल जारी रहेको बताए । उनले यो अवस्थामा अभिभावकलाई पनि शुल्कतिर भन्ने अवस्था नरहेको र नतिरे शिक्षक पनि समस्यामा परेकाले अब कसरी अघि बढ्ने भन्ने अन्यौल रहेको विचार ब्यक्त गरे । अनलाइनमार्फत केहि विद्यालयले कक्षा सञ्चालन गरेपनि सबै विद्यार्थीलाई समेट्न नसकिएको बताइएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सचिव देवी भट्टराईले कोरोनाको सबैभन्दा धेरै मार यातायात क्षेत्रमा परेको बताए । उनले अब यातायात ब्यवसायीहरुले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर यातायात सञ्चालन गर्ने बताए । उनले यात्रुको सम्पूर्ण विवरण टिपोट गरिने र आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर मात्रै यात्रा गराउने बताए । लामो समय यातायात बन्द हुँदा चालक र सहचालक समस्यामा परेको उल्लेख गरे ।
मेची बस ब्यवसायी संघका अध्यक्ष विष्णुकमार श्रेष्ठले लामो समयको यातायात बन्दले समस्या सिर्जना भएको बताए । उनले हालसम्म कोही पनि चालक तथा सहचालक संक्रमित नभएको र आवश्यक स्वास्थ्य सुरक्षामा आफुहरु सचेत रहेको बताए । उनले यातायातमा कर छुट हुनुपर्ने र सरकारले राहत दिनुपर्नेमा जोड दिए ।
महिला उद्यमी संघ झापाकी अध्यक्ष गोमा भट्टराईले आवश्यक सुरक्षा सर्तकता अपनाएर आ–आफ्नो ब्यापार ब्यवसाय सञ्चालनको विकल्प नरहेको धारणा ब्यक्त गरिन् । कोरोनाका कारण ब्यापार ब्यवसाय ठप्प हुँदा धेरैको रोजगारी गुमेको भन्दै अब सरकारले विशेष सहुलियत कर्जा दिनुपर्ने बताइन् ।
हार्डवेयर ब्यवसायी संघ झापाका अध्यक्ष मातृका कोइरालाले अब सबै ब्यापार ब्यवसाय सञ्चालन गर्नुपर्ने तर, सुरक्षा भने अपनाउनु पर्नेमा जोड दिए । ९९ प्रतिशत हार्डवेयर ब्यवसायीले बैंकबाट ऋण लिएर ब्यवासय गरिरहेको र अहिले बन्द रहेको अवस्थामा समेत बैंकको ध्यान भने ब्याज असुल्ने र नाफा कमाउने मै केन्द्रित भएको बताए । बैंकहरुले सहुलियत कर्जा दिने बहानामा ब्याज असुल्ने काम गरिरहेकाले बैंकहरुको नियमन गर्न सरकारलाई आग्रह गरे । उनले कोरोनाका कारण ब्यापार ब्यवसाय चौपट्ट भएकाले आवश्यक सावधानी अपनाएर सञ्चालन गर्नुको विकल्प नरहेको उल्लेख गरे ।
सामूहिक छलफलबाट ८ बुँदे साझा प्रतिबद्धता जनाउदैं आवश्यक स्वास्थ्य सावधानी अपनाउन सबैसंग आग्रह गरिएको छ । छलफलको सहजिकरण संवाद समूहका अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कर तिर्ने व्यवसायीलाई राज्यले नहेरेको व्यवसायीको गुनासो

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments